इलामका प्रेम आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आ’ त्मदा’ हको प्रयास गरेका छन्। उनको अहिले कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा अहिले उनको शरीरको अगाडि पट्टिको ज’ लेको भागमा पानीलगाएर सफाइ भइरहेको अस्पतालले जनाएको छ।

गम्भीर अवस्थाका आचार्यको उपचार जारी रहेको अस्पतालले जनाएको छ। आफूले किन आ’ त्मदा’ ह गर्नुपर्‍यो भन्ने आफ्नो जीवन भोगाइको लामो अनुभव सामाजिक सञ्जालमा पोस्ट गरेर उनले शरीरमा आगो छोडेका छन्। आ’ त्मदा’ हको उनको प्रयास आफ्नो असफलताको कथाका रुपमा चित्रण गरेका छन‍्।

आचार्यले सामाजिक सञ्जालमा लेखेका उनका भावना जस्ताको तस्तै: म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिए।

आज छत्तिसौ वसन्त पार गरि सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हासिल गर्न नसकेको तितो सत्यलाइ ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, ब्यपार गर्दा, बैदेसिक रोजगारमा जादा एबम उद्योग चलाउदा भोग्नु परेका समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धी आज सरसरती यो सामाजिक सन्जालमा लेख्ने अनुमती चाहान्छु।

यो एक आत्मबृतान्त पनि हो र मेरो असफलताको कथा पनि हो।म विद्यार्थी कालमै रहदा २०६७ मा ब्रेन ट्युमर भएर बुवा बित्नुभयो। बुवा बिरामी हुँदै गरेको अवस्थामा नै मेरो बिबाह भयो र बुवाको मृत्यु पस्चात म काठमाडौमा श्रीमती सगै रहेर विभिन्न प्राइभेट स्कुल एबम ठमेलका ट्राभल एजेन्सिमा काम गरेर गुजारा गर्न थाले ।

त्यस बेला हाम्री ठुली छोरीको जन्म भैसकेको थियो। पैतृक सम्पती बाट पाएको इलाम फिक्कल बजारको घरलाइ बेचेर काठमाडौमा नै घर बनाउने प्रयत्न गरियो र त्यै अनुसार भयो। बुढानिलकण्ठमा घर बनाइयो र ठमेलमा ट्राभल एजेन्सी खोली काम गर्न थालियो।

राम्रो चल्यो ट्राभल सुरुमा तर बिस्तारै उधारो बजारले गाज्न थाल्यो। चिनियाँ नागरिक, गोराहरु र काठमाडौकै +2 कलेज हरु हाम्रा ग्राहक भए। चिनियाँ पर्यटकहरुले कहिले कबोल गरेको पैसा नदिने, trekking लादा बिच बाटोमा पुगेपछी यहाँ यति उकालो छ भनेको थिइनस, यहाँ चिनियाँ खाना पाइन्दैन भनेको थिइनस आदि इत्यादी भन्दै निहु खोज्ने अनि पूरा पैसा कहिले नदिने।

चिनियाँ पर्यटक छोडेर +2 का विद्यार्थीलाई आफ्नै जन्म जिल्ला इलाम लान थलियो Darjeeling र Sikkim समेत गरेर। इलाममा Tea Tourism को अवधारणा ल्याउने म र मेरा साथी युवराज गौतम हुन भन्दा फरक नपर्ला। तर काठमाडौका +2 कलेज कहिले पूरा पैसा नदिने।

४-५ लाखको व्यापार (tour package) लानुपर्ने हुदा ३ लाख जति advance दिने, तेत्रो advance पाएपछी व्यापार नगर्ने कुरै भएन, तत्पश्चात बाटो देखि नै निहु खोज्न थाल्ने, tour नै तिक्तता पुर्ण हुने। बाटोमा सबै भन्दा धेरै complain खानामा आउने। ए हजुर हाम्रो देशमा बाटोमा खाना खराब छ, यो देशका सरकारले त्यस्तै खा भन्छ, कहिले सुधार हुदैन म के गरौं ।

अनि काठमाडौं आएपछी को कथा उहि। कलेजमा बाकी पैसा लिन जादा अनेक बाहाना बनाउने, घरी exam time मा आउनुहोस fee उठछ अनि दिन्छौं, घरी admission time मा आउनुहोस दिन्छौं भन्ने तर पैसा नदिने। kathford college बालकुमारिले दादागिरि सैलिमै १,७५,०००/- दिएन,

आफुले नगद लगानी गरेको products बजारमा उधारो बेच्दा त्यो लगानिको ब्याज, र त्यो ब्याज तिर्न नया ऋण, अनि नया पुरानो ऋण/ब्याज तिर्न फेरि नया ऋण। घर खर्च चलाउनै पर्यो, नानिहरुको शिक्षा र लालन पोसण गर्नै पर्यो। अनि सकिँदैन त सबै सम्पत्ति? त्यो काम फट्ट छोडौ के गर्नु अन्य?

लगानी फसेको छ, नछोडै पार लाग्ने उपाय नै छैन। फेरि हाम्रो समाज यति अर्काको चासो गर्ने कि नयाँ काम थाल्दा उ फेरि गरिराखेको काम छोड्यो, यो मान्छे थिर छैन, काम फेरेको फेरै गर्छ यसले केही गर्दैन जिवनमा आदि इत्यादी भनी जता गये पनि लाल्छना र उपदेश सुनिरहनु पर्ने।

सयौं पटक आ’ त्मह’ त्या गर्ने प्रयास गरे सकिन। आफैले चलाएको गाडी दु’ र्घटना गराउने प्रयास गरे भएन। श्रीमती छोराछोरी को माया र कर्तब्य ले म’ र्न सकिन। फोन कल यति सामना गरेकि phonophobia नै भयो। कहिलेकाही फोन नेट्वोर्क नआउने ठाउँमा पुग्दा मन आनन्दित हुने। २-३ बर्ष देखि नै depression मा थिए कसैले बुझेन।

म depression मा छु भन्दा उल्टै गाली खाइयो। लड्दै पड्दै बाचियो। scattered retailing ले पार नलाग्ने देखिएर dealership मा जाने निर्णय गरियो। फेरि सरकारले यति सास्ती दिन थाल्यो कि, सामान लिएर धरान बिराट्नगर जान नपाइने भैयो। factory ले direct retailing गर्न नपाइने रे!

पठाउन सकिएन तेतै बदनाम भैयो। इलाम, पाँचथर, झापाका कुनै पनि डेरीमा पैसा दिन बाकी छैन। तपाइहरुसग किसान प्रत्यक्ष जोडिने हुनाले बरु आफू मरे तर तपाइहरुलाइ बचाए। तर एउटा आग्रह छ इलामका डेरि संचालक हरुलाइ।

कानुनी मापदण्ड पूरा गर्नुहोस्, तपाइहरु खानेकुरा बनाइरख्नु भएको छ। सुङुर, कुखुरा, डेरि एकैठाउ नराख्नुहोस, hygine maintain गर्नुहोस् । खाद्य बिभाग बाट अनुज्ञापत्र लिनुहोस, स्वस्थकर घ्यु छुर्पी बनाउनुहोस। खाद्य बिभाग सग हार्दिक अपिल गर्दछु, अनुगमन गरियोस इलामका डेरिहरु, त्यहाँ खाद्य बस्तु उत्पादन गर्दा पालना गरिनुपर्ने न्युनतम मापदण्ड पनि पालना गरिएको छैन।

एउटा गाउमा बसेर, उद्योग चलाएर Bhatbhateni, Nepal Gramodhyog, Golyan Agro, Dabur Nepal, Big Mart, Sathimart जस्ता देशकै नाम चलेका औद्योगिक/ब्यपारिक घरानालाइ तथा मार्टहरुरुलाइ आफ्नो customer बनाइ सामान बेचियो, प्रदेश १ लगायत काठमाडौका अन्य मार्ट र ठुला पसल प्रायलाइ सामान बेचियो।

बिर्तामोड, दुहबी, हेटौंडा, चितवन् , नवलपुर आदि ठाउँमा dabur, patanjali, uniliver आदि ठुला कम्पनीकै सामान बेच्ने dealer हरुलाइ आफ्नो पनि dealer बनाइयो। त्यहाँ भन्दा कुन level को marketing गर्नु? र पनि यो देशमा पैसा कमाइएन। मर्नेगरी घाटा खाइयो। प्रमुख कारण उधारो बजार र ठुला retailers हरुको हेपाहा प्रवृत्ति नै हो।

मलाइ राजनीतिमा लगाउने महानुभाबहरुलाइ आग्रह, मेरो अभियान लाई अगाडि बडाइदिनुहोला, सरकारलाइ झक्झकाइ रहनुहोला। यो देश दुखेको ठाउँमा मल्हम लगाइदिरहनुहोला। नेपाल सरकार, देश चलाउने हुटहुटीमा सत्तामा पुग्नुभएका नयाँ पार्टी तथा नयाँ साम्साद, रबि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोबिता गौतम, गगन थापा, बिस्वप्रकास शर्मा, योगेश भट्टराई,

तोसिमा कार्की, लगायत तमाम नयाँ अनुहार हरुलाइ बिन्ती, सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको, तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुहोस, समाधान गर्नुहोस। यहाँहरु सबैलाई पुनः स्मरण गराउन चाहान्छु। निम्न बुदाहरु यहाँहरुको दिमागमा बसिरहोस!!!

१. BUYERS PAY FIRST २. रास्टृय उत्पादनमा VAT शून्य। ३. LAND LEASING SYSTEM ४. HIGHER THE PROFIT, LOWER THE TAX RATE ५. शिक्षित MANPOWER वैदेशिक रोजगारमा जादा श्रम स्वीकृतिको झण्झट नगराइयोस। श्रम कागज भन्दा दरिलो foreign company ले दिएको offer letter र employment contract उनिहरुसग नै हुन्छ।

६. देशका सबै पालिकाहरु र उत्पादनहरु समेटिएको “पालिका बजार” नामक national web server को बिकास। ७. बाहालमा लाएका घरहरुलाइ अनिबार्य कर। घर बाहाल लिदा घरधनिले लिने deposit money गैरकानुनी हो, त्यसको अन्त्य ।८. स्वस्थ्य, शिक्षा र सार्बजनिक यातायात सहज र सरल।

९. BANKING MORTGAGE VALUATION नितिमा परिमार्जन। १०. बचत तथा ऋण सहकारि, FINANCE CO. र MICRO FINANCE को खारेजी। ११. गाजा खेतिलाइ बैधानिकता। स-धन्यबाद यहि देशको एउटा सर्बसाधरण नागरिक। प्रेम प्रसाद आचार्य सन्तोष सुर्योदय-११, केराबारी, इलाम, प्रदेश १ नेपाल। हाल काठमाडौ । म म’ रे पनि मेरो देश बाचिरहोस!!!!अल बिदा!!!