काठमाडौँ । मानिसले अनेकौं सपना देख्ने गर्छन्। कतिपय सपना रमाइला र रोमान्चक हुन्छन् भने कति डरलाग्दो र भयानक। हुन त सपना आउनु वा नआउनुमा कसैको हात हुँदैन।
कसैले सुत्ने वित्तिकै सपना देख्ने गर्छन भने कसैले पुरै रातमा एउटा सपना समेत देख्दैनन्। त्यसैगरी, स्वप्नशास्त्रकाअनुसार कुनै कुनै सपनाले मानिसलाई बिरामी समेत बनाउन सक्छ।
जानिराखौं कस्ता सपनाले मानिसलाइ बिरामी बनाउँछ ?
१) सपनामा आफैंलाई तेल, दुध, दहि र घ्युबाट मालिस वा मसाज गरेको देख्नु अत्याधिक अशुभ मानिन्छ। यस्तो सपना देखिएमा मानिस छिट्टै गम्भीर बिमारीको शिकार हुने गर्छन्।
२) सपनामा कसैले आफूलाई रातो चन्दन वा रातो टिका लगाइदिएको देख्दा, यसले बिरामी हुने खतरा निम्त्याउँदछ।
३) स्त्रीले स्नान गरिरहेका बेला आलिंगन गरेको देखेमा बिरामी हुने खतरा बढ्दछ।
४) सपनामा विभिन्न किसिमको आकृति देखिएमा ।
५) सपनामा कोही जटाधारी साधु वा शरीरमा घाँस उम्रिएको देखेमा अशुभ हुनुका साथै मानिसहरु ठुलो रोगको सिकार हुने गर्दछन्।
६) सपनामा स्त्रीलाई कालो वस्त्र लगाएको देख्नु पनि मानिस बिरामी हुनु संकेत हो।
७) सपनामा कसैको नङ वा कपाल झरेको देख्नु।
८) पानी वा ठूला वा साना जलाशय देख्नु।
९) सपनामा रातो वस्त्र लगाएको महिलालाई चुम्बन गर्नु।
१०) सर्प र बाँदर देख्नु।
११) महिलाले विलाप गरेको सपना देख्नु पनि अशुभ मानिन्छ।
१२) सपनामा मलत्याग गरेको देख्दा पेटमा समस्या आउने गर्दछ।