आ’ त्मदाह प्रयास गरेका आचार्यलाई भेट्न अस्पताल पुगिन राज्यमन्त्री तोसिमा, कस्तो छ उनको अवस्था ?
काठमाडौं । आ’ त्मदाहको प्रयास गर्ने प्रेम आचार्यको स्वास्थ अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । आचार्यको स्वास्थ्य अवस्था बुझ्न मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की कीर्तिपुर अस्पतालमा पुगेकी छिन् ।

मन्त्री कार्कीलाई जानकारी दिँदै अस्पतालका चिकित्सक डा. सुरेन्द्र जङ्ग बस्नेतले आचार्यको ८० प्रतिशत भाग ज’ लेको बताए । यद्यपि उनी होसमा रहेको र मान्छे चिन्न सक्ने अवस्थामा रहेको उनले जानकारी दिए ।राज्यमन्री कार्कीले उपचारमा कुनै कसुर नराख्न अस्पताललाई निर्देशन दिँदै भनिन्, ‘बचाउन प्रयास गर्नुस्, आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’

आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । उनले मंगलबार दिउँसो काठमाडौँको बानेश्वरमा आ’ त्मदाहको प्रयास गरेका हुन् । इलाम घर भएका अन्दाजी ३६ वर्षका प्रेमप्रसाद आचार्यले आफूले आफैँलाई आगो लगाएर आ’ त्मदाहको प्रयास गरेपछि प्रहरीले उद्धार गरेको थियो ।

नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आ’ त्मदा’ ह प्रयास गरेका युवाले घटनाअघि फेसबुकमा लामो स्टाटस लेखेको पाइएको छ । इलाम सुर्योदय-११, केराबारीका ३६ वर्षीय प्रेमप्रसाद आचार्य ‘सन्तोष’ ले आफ्नै शरीरमा पेट्रोल ख’ न्याएर आगो लगाएका थिए ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल पुर्‍याइएको छ । उनको अवस्था गम्भीर छ ।आचार्यले आफूले ३६ वर्ष पूरा गरिसक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, रोजगारीका लागि विदेश जाँदा धेरै समस्या भोगेको भन्दै निराश व्यक्त गरेका छन् ।

उनले आफ्नो आत्मवृत्तान्त र असफलताको कथा लेखेको भन्दै उनले नागरिकसँग जोडिएका विभिन्न सवालबारे ६ हजार ५ सय ५३ शब्दको बयान लेखेर सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गराएका छन् ।धेरै हण्डर खाँदाखाँदै मन सम्हाल्न नसकेको, आर्थिक भार थाम्न नसकेर, तिहारअघि suicide note लेखी भारतको गुहाटी ब्रम्हपुत्र नदीमा फाल हान्ने जमर्को गरेको उनको भनाइ छ ।

आचार्यले आफू ऋणबाट थिचिएको भन्दै लेखेका छन्, ‘बाँच्ने सबै उपाय लाउँदा पनि केही भएन, आशा सबै म’ रिसकेको हुनाले मर्ने नै बाचा गरे । मलाई माफ गर्नुहोला । कोही मनकारि/सहृदयी जनहरू हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरी श्रीमतीलाई सहयोग गर्दिनुहोला । उनले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा २ छोरीहरू टुहुरा हुने छन् ।’

राजनीति मार्फत सदन सरकारमा गएर दुखेको ठाउँमा मल्हम लगाउछु भन्ने सपना देखे राजनीतिमा पनि लागे, तर रवीन्द्र मिश्र, सूर्यराज आचार्य, मुमाराम खनाल, केशव दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भीमप्रसाद अधिकारी, निर्देश सिलवाल, समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार जीले महत्वाकांक्षी युवाको भावना सँग खेलबाड गरेको उनको गुनासो छ ।

‘तपाईहरू एकीकृत हुनै नसक्ने, पार्टी चलाउनै नसक्ने भए किन यो देशका मजस्ता सयौं युवालाइ राजनीतिमा लगाउनुभयो ? किन समय र पैसा बर्बाद गरिदिनुभयो ? यो देशमा सपना बाँड्ने, आश्वासन बाँड्ने अनि त्यसैलाई आफ्नो गरिखाने साधन बनाउनेको जमात ठूलो रहेछ ‘, उनले भने ।

प्रेम लेख्छन्, ‘प्रचण्ड तिमीले १७ हजार मार्नेगरी जनयु’ द्ध गरेऊ । देशमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता ल्याएऊ । संविधानसभा मार्फत देशमा नयाँ संविधान जारी गरेऊ तर मजस्ता केही गर्छु भन्ने युवालाइ देशमा केही गर्नै नसक्ने बनायौं । तिमी लाई थाहा छ ? यदि युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापानजस्ता देशहरूले सजिलै नेपालीलाई भिसा दिने भए यो देशमा कोही रहने छैन ।

तिम्रो देश खाली हुनेछ । अनि रित्तो देशको प्रधानमन्त्री बन्नु । र, ती १७ हजार सहिदलाई शासन गरेर बस्नु ।’‘सयौं पटक आत्महत्या गर्ने प्रयास गरे सकिनँ । आफैँले चलाएको गाडी दु’ र्घटना गराउने प्रयास गरेँ भएन । श्रीमती छोराछोरीको माया र कर्तव्यले म’ र्न सकिनँ ।

फोन कल यति सामना गरेँकी phonophobia नै भयो । कहिलेकाहीँ फोन नेटवर्क नआउने ठाउँमा पुग्दा मन आनन्दित हुने । २-३ वर्षदेखि नै depression मा थिए कसैले बुझेन । म depression मा छु भन्दा उल्टै गाली खाइयो । लड्दै पड्दै बाँचियो ।’सुन्दर देशको कल्पनाको अभियानमा लागेको भन्दै आचार्यले आफ्नो मागमा ऐक्यबद्धताको आव्हान गरेका छन् ।

उनले रवि लामिछाने, राजेन्द्र लिङदेन, ज्ञानेन्द्र शाही, सोविता गौतम, गगन थापा, विश्वप्रकाश शर्मा, योगेश भट्टराई, तोसिमा कार्कीको नाम लिएरै र संसदका नयाँ अनुहारलाई लक्षित गर्दै ‘सरकार बनाउने, मन्त्री हुनेमात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको, जनतालाई पिल्साएको मु’ द्दाहरु आँखा च्यातेर केलाउनुहोस्, समाधान गर्नुहोस्’, भनेर याचनासमेत गरेका छन् ।

यस्तो छ उनको आत्मलाप- म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिए।

आज छत्तिसौ वसन्त पार गरि सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हासिल गर्न नसकेको तितो सत्यलाइ ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, ब्यपार गर्दा, बैदेसिक रोजगारमा जादा एबम उद्योग चलाउदा भोग्नु परेका समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धी आज सरसरती यो सामाजिक सन्जालमा लेख्ने अनुमती चाहान्छु।

यो एक आत्मबृतान्त पनि हो र मेरो असफलताको कथा पनि हो।म विद्यार्थी कालमै रहदा २०६७ मा ब्रेन ट्युमर भएर बुवा बित्नुभयो। बुवा बिरामी हुँदै गरेको अवस्थामा नै मेरो बिबाह भयो र बुवाको मृत्यु पस्चात म काठमाडौमा श्रीमती सगै रहेर विभिन्न प्राइभेट स्कुल एबम ठमेलका ट्राभल एजेन्सिमा काम गरेर गुजारा गर्न थाले ।

त्यस बेला हाम्री ठुली छोरीको जन्म भैसकेको थियो। पैतृक सम्पती बाट पाएको इलाम फिक्कल बजारको घरलाइ बेचेर काठमाडौमा नै घर बनाउने प्रयत्न गरियो र त्यै अनुसार भयो। बुढानिलकण्ठमा घर बनाइयो र ठमेलमा ट्राभल एजेन्सी खोली काम गर्न थालियो।

राम्रो चल्यो ट्राभल सुरुमा तर बिस्तारै उधारो बजारले गाज्न थाल्यो। चिनियाँ नागरिक, गोराहरु र काठमाडौकै +2 कलेज हरु हाम्रा ग्राहक भए। चिनियाँ पर्यटकहरुले कहिले कबोल गरेको पैसा नदिने, trekking लादा बिच बाटोमा पुगेपछी यहाँ यति उकालो छ भनेको थिइनस, यहाँ चिनियाँ खाना पाइन्दैन भनेको थिइनस आदि इत्यादी भन्दै निहु खोज्ने अनि पूरा पैसा कहिले नदिने।

चिनियाँ पर्यटक छोडेर +2 का विद्यार्थीलाई आफ्नै जन्म जिल्ला इलाम लान थलियो Darjeeling र Sikkim समेत गरेर। इलाममा Tea Tourism को अवधारणा ल्याउने म र मेरा साथी युवराज गौतम हुन भन्दा फरक नपर्ला। तर काठमाडौका +2 कलेज कहिले पूरा पैसा नदिने।