माघ ११ , काठमाडौँ
नयाँ बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको शव आफन्तले जिम्मा लिएका छन्

सरकारका तर्फबाट गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पताल पुगेपछि आफन्तले शव जिम्मा लिएका हुन्। सरकारले सम्बोधन नगरेको भन्दै आफन्तले बिहानैदेखि शव बुझ्न मानेका थिएनन्।

लगत्तै दिउँसो गृहमन्त्री लामिछाने आफैं पुगेका थिए।

यो पनि पढ्नुहोस्
आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम: गृहमन्त्री लामिछाने!

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाहको कारण हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताएका छन्।

मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएपछि गृहमन्त्री लामिछानेले फेसबूकमा स्टाटस लेख्दै भर्खर आएका राजनीतिक दलहरुले उत्साह र आशा जगाउन नसकेको बताएका छन्।

‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो’, उनले लेखेका छन्, ‘दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।’

आचार्यको बुधबार बिहान कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

यस्तो छ गृहमन्त्री लामिछानेको स्टाटस:

एउटा नागरिकले आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।