काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ९ गते बाट सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।

सोही अनुरुपको परीक्षा तालिका तयारी गरी राष्ट्रिय परीक्षा बोर्डमा पेस गरिएको बताइएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले यस्तो प्रस्ताव गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसै साता बस्ने बोर्डको बैठकले एसईईको प्रस्तावित परीक्षा तालिकाका बारेमा निर्णय बताइएको छ ।

यस वर्षको एसईईमा कति बिद्यार्थी सहभागी हुदैछन् भन्ने थाहा नभए पनि कक्षा ९ मा पाँच लाख १३ हजारले रजिष्ट्रेसन फाराम भरेको बताइएको छ । यस बारेको समाचार इडियु-पत्रले लेखेको छ ।