खराश गलको इन्फेक्सन हो । जसमा गलामा कर्कश आवाज आउने, हल्का कासो लाग्ने र हल्का ज्वरो आउने, टाउको दुख्ने, गला दुख्ने जस्ता लक्षण देखिन्छन ।

हाम्रो गलामा दुबैतर्फ टन्सिल हुन्छ जसले धुलो, ब्यक्टेरिया र भाईरशलाई गलामा जानबाट रोक्ने काम गर्छ । तर कहिले कही यो आँफै इन्फेक्टेड हुन्छ र आफ्नो काम गर्न सक्दैन । जसलाई टॉन्सिलाइटिस भनिन्छ । जसमा घाटी भित्र दुबैतर्फ टॉन्सिल्स गुलाबी वा रातो हुन्छ । इन्फेक्सन हुँदा यिनिहरु अली ठुला र अली बढी राता हुन्छन ।

कहिले कही यसमा सेतो कत्ला जस्तो पनि देखिन सक्छ । सधरणतया यो समस्या उचित देखभाल र एन्टिबायोटिकले निको हुन्छ तर स्ट्रेप्टोकॉक्कस हिमोलिटीकस नामक भाईरसको करणले यो समस्या देखियो भने अलिक गम्भिर हुन्छ । तव यो संक्रमण ह्रीदय र गुदामा पनि फैलिन्छ र गम्भिर हुन्छ । यस्तो अवस्थामा नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ । गलामा आराम मिल्छ ।

अदुवा, इलायची र मरिचको चियाले गलाको खराशमा अधिक आराम मिल्छ । यसमा जीवाणुरोधक गुण पनि हुन्छ र यो चिया नियमित रुपमा सेवान गर्नाले गलामा आराम मिल्नुको साथै गलाको खराश हराएर जान्छ ।
धुमपान र ज्यादा मसालेदार खानादेखी टाढै रहनुहोस् ।

खानामा बिशेष साबधानी आपनाउनुहोस् । फ्रिज को वा अन्य कुनैपनी चिसो चिजको सेवान नगर्नुहोस् । सधैं मनतातो पानी पिउने गर्नुहोस् । त्यसमा अदुवाको धुलो हल्का मिसाउने र ताजा कागतीको रस १,२ थोपा मिलाउनाले अधिक आरमा मिल्छ । सावधानि नै यो समस्याको मुल हल हो ।