Sunday , October 17 2021
Breaking News
Home / समाचार / काठमाडौंका पाकेटमारको कोड भाषा : प्रहरीलाई ठूल्दाई , पीडितलाई रामे , केटिलाई भद्री ( कोड सहित )

काठमाडौंका पाकेटमारको कोड भाषा : प्रहरीलाई ठूल्दाई , पीडितलाई रामे , केटिलाई भद्री ( कोड सहित )

काठमाडौं प्रहरी परिसरले २०७ जना पा’केटमारहरूलाई प’क्रा उ गरेको छ । सार्वजनिक सवारीसाधनमा यात्रुहरू, किनमेल गर्न गएका सर्वसाधारणहरूको नगद, मोबाइल, गर गहना चोर्दै गर्दा उनीहरूलाई प’क्रा उ गरिएको हो । भदौ २५ देखि असोज १५ सम्म प’क्रा उ परेका मध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको, ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कारागार चलान भएको प्रहरी परिसरले जनाएको छ ।

प्रहरीका अनुसार पा’केटमारहरूले सांकेतिक भाषा प्रयोग गर्ने गर्थे। उनीहरूले २–६ जनाका दरले ६ जनासम्मको समूह बनाएर बसभित्र छिर्ने र पैसा भएका यात्रु पत्ता लगाई पछाडिबाट घेराब’न्दी गर्दै ठे’लमठेल गर्दै मोबाइल, नगद, सुनचाँदी पाकेट मा’रेर पालै पालो ओर्लने गरेको देखिएको प्रहरीको भनाइ छ ।

काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था सामान्य बनाउन र दशैँका बेला हुने आवतजावतमा हुन सक्ने पा’केटमारी तथा चो’रीलाई रोक्न सक्रिय भएको प्रहरीले जनाएको छ ।

पाकेटमारले सांकेतिक भाषाको प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । यस्तो छ पाकेटमारले प्रयोग गर्ने भाषा :

पैसा ः द मोवाइल : कान पाकेटमारी सकेको मान्छे : रामे
पाकेटमारका मास्टर : काशी पैसा धेरै छ : टानको द पैसा थोरै छ : जुटको द गाडी : काँचा केटा : छापा केटी : भद्री पुलिस आयो : ठुल्दाई आयो ड्राइभर : माम खलासी : मले गाडीबाट झरेर भाग : टप्की गाडीभित्र अगाडि सर : अकल जा गाडीभित्र पछाडि सर : चिछल जा ।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *