Sunday , October 17 2021
Breaking News
Home / मनोरंजन / महानायक विवादमा नम्रताको प्रश्न ‘किन हो मै ठूलो भन्ने घमण्ड’ ?

महानायक विवादमा नम्रताको प्रश्न ‘किन हो मै ठूलो भन्ने घमण्ड’ ?

काठमाडौं । महानायक र महानायिका विवादलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै चर्चा चलेको छ । फिल्म क्षेत्रका कलाकारहरु पनि यसैमा रमाइरहेका छन् । कतिले आफ्ना तर्क सामाजिक सञ्जालमा राखिरहेका छन् । फिल्म ‘डाँडाको बरपीपल’मा फिल्म निर्देशक शोभित बस्नेताले महानायकको प्रसंग उठाएपछि यो अहिले विवादको विषय बनेको छ । शोभित बस्नेतले एक टिभी कार्यक्रममा बिहीवार राजेश हमाललाई भेटेर उनी नै महानायक भएको बताए ।

फिल्म क्षेत्रमा नातावाद छ भन्ने नायीका नम्रता सापकोटाले महानायकको विवादमा प्रश्न उठाएकी छन् । उनी केही समय अघि विवाह नगरी बच्चा जन्माउन मन छ भनेर विवादमा आएकी थिइन् । उनको सो भनाई निकै चर्चित र विवादित बनेको थियो । अहिले उनले महानायक विवादमा पनि प्रश्न उठाएकी छन् । सामाजिक सञ्जालमा कसैको नाम उल्लेख नगरी एक स्टाटस मार्फत उनले प्रश्न उठाएकी हुन् ।

उनले यसलाई वेमौसमी विवाद भनेकी छन् । कोभिडले थलिएको फिल्म क्षेत्रलाई चलायमान बनाउनुको सट्टा महानायकको बखेडा झिकिएको उनीहरुको आरोप छ ।महानायक विवाद चलिरहँदा यो हल्लीखल्लीतर्फ लक्षित गर्दै अभिनेत्री नम्रता सापकोटाले एकअर्कालाई किन सम्मान नगरेको र घमण्ड गरेको भन्दै फिल्मकर्मीलाई प्रश्न गरेकी छिन् । पब्लिक सामु आफ्नो इज्जतको ख्याल गर्न पनि नम्रताले सुझाएकी छिन् ।

उनले नामै लिएर फेसबुकमा नाम नलेखेपनि उनको अभिव्यक्ति कोतर्फ लक्षित छ भन्ने कुरा बुझ्न कठिन छैन । फिल्म क्षेत्रमा कसैले कसैलाई नबनाएको टिप्पणी गर्दै मनपरी बोल्न छूट समेत नभएको उल्लेख गरेकी छिन् ।

‘अझै कति हामी हाँसोको पात्र बन्ने’ उनले प्रश्न गरेकी छिन् । सबैजना मिडिया पर्सनालिटी परिवार, फिल्म क्षेत्र र दर्शकको कारणले भएको नबिर्सन पनि उनले आग्रह गरेकी छिन् ।

About admin

Check Also

पाइलट बुवाले उडाएको जहाजमा छोरीको पहिलो उडान, भिडियोले जित्यो लाखौंको मन (भिडियो हेर्नुस्)

एजेन्सी । सामाजिक सञ्जालमा सानी बालिकाको एउटा भिडियो भाइरल भइरहेको छ। जसमा उनी उडानको सिटमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *