Monday , July 4 2022
Breaking News
Home / मनोरंजन / निर्देशक सुदर्शन थापा र मोडल सुप्रियालाई बधाई, विवाह बन्धनमा बाँधिए

निर्देशक सुदर्शन थापा र मोडल सुप्रियालाई बधाई, विवाह बन्धनमा बाँधिए

काठमाडौं । निर्देशक तथा अभिनेता सुदर्शन थापा शुक्रबार विवाह बन्धनमा बाँधिएका छन् । उनले मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाललाई बेहुली बनाउन जन्ति लिएर गएका छन् ।

उनीहरुले गएको भदौं २१ गते इन्गेजमेन्ट गरेका थिए । सुदर्शनले शुक्रबार काठमाडौंको तासिखेल इन्द्रायनीमा सुप्रियासँग विवाहको आयोजना गरेका हुन् ।

सुदर्शनले प्रीतिभोजको आयोजना भने शनिबार गरेका छन् । उनले फिल्मकर्मी तथा परिवारका लागि शनिबार साँझ काठमाडौंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गरेका हुन् ।

विवाहमा दुलहा र दुलही पक्षका परिवार र आफन्त सहभागी हुनेछन् । सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा रहेका थिए । उनीहरुले आफ्नो प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

About admin

Check Also

पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने

पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने ? यो भनाई हो नेपाली चलचित्रकी …

Leave a Reply

Your email address will not be published.