Wednesday , January 26 2022
Breaking News
Home / समाचार / कतारमा गैरकानुनी रुपमा बसेका नेपालीका लागि आयो खुसीको खबर

कतारमा गैरकानुनी रुपमा बसेका नेपालीका लागि आयो खुसीको खबर

एजेन्सी । कतार नेपालीहरुको लागि वैदेशिक रोजगारमा जान मुख्य देश हो । लाखौं नेपाली कतारमा कामदारका रुपमा छन् । कतिपय नेपाली गैरकानुनी रुपमा बसेका छन् । त्यसरी गैरकानुनी रुपमा बसेका नेपालीहरुका लागि कतार सरकारले अवसर दिएको छ । कतारले गैरकानुनी रुपमा बसेका विदेशी कामदारलाई आममाफी दिने भएपछि अब थुप्रै नेपालीले पनि लाभ उठाउने भएका छन् ।

कतारमा आईडीको म्याद सकिएका, बिना वर्क परमिट काम गरिरहेका तथा पारिवारिक भिसाको नियम पालना नगरेकासहित बिभिन्न कारण कतारमा गैरकानुनी रुपमा बसेका कामदारहरुलाई सजाय र जरिवाना बिनै आममाफी दिन लागेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आ’म’मा’फी प्रकृयामा सहभागी हुन चाहनेहरुले कतारको सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, उम सुनैम, मेसाइमिर, अल वक्रा र अल रयान सर्भिस सेन्टरमा दिउँसो १ बजेदेखि बेलुका ६ बजे भित्र आफ्नो नाम दर्ता गराउन सकिने जनाएको छ । आ’म’मा’फी प्रक्रिया आइतबार अर्थात् अक्टोबर १० मा सुरु भएर डिसेम्बर ३१ सम्मको समयसीमा तोकिएको मन्त्रालयले जनाएको छ ।

कतार सरकारको यो निर्देशन २०१५ को कानून नं ​​२१ को प्रावधान अन्तर्गत आप्रवासीहरुको बसाई तथा बाहिरिने नियम अन्तर्गत जारी गरिएको जनाएको छ । कतार सरकारले आ’म’मा’फी दिने निणर्य गरेसंगै यहाँ गैरकानुनी रुपमा बसेका थुप्रै नेपाली कामदारहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

कतार के कति नेपाली गै र का नुनी कार्यरत छन् भन्ने बारे केहि जानकारी नभएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनी रुपमा कार्यरत छन् । जसममा ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।

About admin

Check Also

भाइरल भइरहने रोगहरु रुखाखोकी, ज्वरो, घाँटी दुख्ने रोगको लागि घरमै उपचार

यो मौसममा रुखाखोकी, ज्वरो, घाँटी दुख्ने जस्ता बिमारी फैलिएका छन्। यी स-साना भाइरल भइरहने रोगहरुको …

Leave a Reply

Your email address will not be published.