काठमाडौ । नयाँ पार्टी दर्ता गरेको केही महिनामै माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकिकृत समाजवादी) सरकारमा सहभागी हुने भएको छ । माधव कुमार नेपालले आफ्नो पार्टीका तर्फवाट सरकारमा सहभागी हुने नेताको नाम प्रधानमन्त्री शेरवहादुर देउवालाई पठाएका छन् । यस अघि पठाएका नामहरुमा जिम्मेवारी हेरफेरसहित नेकपा एसका मन्त्रीको नाम बालुवाटार पठाइएको छ ।
नेकपा एकीकृत समाजवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीको नाम शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । अन्तिम समयमा नेकपा एसको सचिवालयले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेर नाम बुझाएको हो । यसअघि सहरी विकास भनिएका विरोध खतिवडालाई स्वास्थ्यमन्त्री बनाइने भएको छ ।
त्यस्तै रामकुमारी झाँक्रीलाई पर्यटन र प्रेम आलेलाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिन सिफारिस गरिएको एक नेताले बताए । किसान श्रेष्ठ श्रममन्त्री बन्ने भएका छन् भने भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।