Wednesday , January 26 2022
Breaking News
Home / समाचार / प्रहरीलाई ठूलो सफलता, १० घण्टामै बालकलाई भारतवाट सकुशल नेपाल ल्याए

प्रहरीलाई ठूलो सफलता, १० घण्टामै बालकलाई भारतवाट सकुशल नेपाल ल्याए

काठमाडौ । नेपाल प्रहरीले एउटा घटनामा निकै ठूलो सफलता हासिल गरेको छ । अप हर णमा परेको १० घण्टामै १३ वर्षका बालकलाई सकुशल नेपाल ल्याएको छ । उनीहरुले बालकलाई भारत पुर्याएका थिए । सुनसरीको कोसी गाउँपालिका–७ स्थित हरिपुरका १० वर्षका बालकलाई भारतवाट सकुशल नेपाल ल्याएका हुन् । भारतीय नागरिकबाट अप ह रित १३ वर्षीय बालकलाई उद्धार गरी प्रहरीले नेपाल ल्याउन सफल भएको हो ।

प्रहरीको यो कामको निकै प्रशंसा भएको छ । हरिपुरका दिपेन सदालाई बिहबार दिउँसो बिहारको सुपौल जिल्ला, बदबदैपुर ग्राम पञ्चायत–६ बैरयाकमालका मुकुम मियाँको संलग्नतामा अ पर ह ण गरिएको थियो ।नेपाल प्रहरीको टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर राति १ बजेर ५० मिनेटमा बैरयाकमलस्थित मुकुम मियाँको घरबाट उद्धार गरिएको थियो । उक्त स्थान भारत नेपालको सीमाबाट ३५ किलोमिटरको दूरीमा पर्छ ।

सदा बिहीबार अपरान्ह ३ बजे देखि हराएका थिए । उनलाई मियाँसहित आएका दुई जनाले मोटरसाइकलमा राखेर भारत लगेका थिए । नेपालबाट ज्याला मजदुरी गर्नेहरुलाई भारत लैजाने ठेकेदार समेत रहेका मुकुम मियाँले मजदुर ल्याइदिनू भनेर कोसी गाउपालिका– ७ हरिपुर बस्ने भुटन सदालगायत ५ जनालाई अग्रिम २ लाख रुपैयाँ भुक्तानी दिए पनि कामदार नपठाएपछि पैसा असुल्लन उनैको गाउँका बालक अ प ह र ण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । बालकलाई आमा र बुवाको जिम्मा लगाएको छ। थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले बताए

About admin

Check Also

भाइरल भइरहने रोगहरु रुखाखोकी, ज्वरो, घाँटी दुख्ने रोगको लागि घरमै उपचार

यो मौसममा रुखाखोकी, ज्वरो, घाँटी दुख्ने जस्ता बिमारी फैलिएका छन्। यी स-साना भाइरल भइरहने रोगहरुको …

Leave a Reply

Your email address will not be published.