Sunday , October 17 2021
Breaking News
Home / समाचार / मन्त्री बनेलगत्तै रामकुमारी झाँक्रीले जनाइन् यस्तो प्रतिवद्धता

मन्त्री बनेलगत्तै रामकुमारी झाँक्रीले जनाइन् यस्तो प्रतिवद्धता

काठमाडौं । नवनियुक्त सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् । शुक्रवार अबेर उनले कार्यभार सम्हालेकी हुन् । राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर उनी मन्त्रालय पुगेकी थिइन् ।

पदभारपछि आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सहरी विकासको क्षेत्रमा देखिएका नीतिगत समस्याहरू समस्याहरू समाधान गर्ने बताइन् । उनले सहरीकरणलाई व्यवस्थित गर्न अहिलेको अवस्थाका विकासका योजनाहरूलाइ परिवर्तन गर्नुपर्ने धारणा राखिन् । सहरी विकासको अवधारणालाई एकीकृत रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।

जिवनमा रामकुमारी झाँक्री पहिलो पटक मन्त्री बनेकी हुन् । उनले सपथ लिएपछि आफ्नो मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्रालयले काम गर्न नसकेर बजेट फ्रिज भएको सुन्ने अवस्था आउन नहुने भनेकी छन् ।

मन्त्री झाँक्रीले सम्पूर्ण क्षमता लगाएर काम गर्न कर्मचारीलाई निर्देशन दिइन् । उनले मन्त्रालय प्रवेश गरे लगत्तै मन्त्रालयका अधिकारी र मातहतका विभाग तथा आयोजना प्रमुखहरूलाई लिखित रुपमा आफ्नो काम र योजना ब्रिफिङ गर्न पनि निर्देशन दिइन् । उनले मन्त्री आएपछि कर्मचारीका तर्फवाट हुने ब्रिफिङ दसैं अगाडि नै सक्न निर्देशन दिएकी छन् ।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *