Sunday , October 17 2021
Breaking News
Home / समाचार / इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो यति पुगियो

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो यति पुगियो

प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालयका कर्मचारी तलब वृद्धि भएको छ । पर्वतको कुश्मा नगरपालिकाले शिक्षक दिवसका अवसरमा यस्तो घोषणा गरेको हो

नगरपालिकाभित्रका विद्यालयमा रहेका ७० जना इसीडी शिक्षक, १८ जना विद्यालय कर्मचारी र ६५ जना विद्यालय सहयोगीको लागि नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले तलब वृद्धिको गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीका अनुसार इसीडी शिक्षकलाई १५ हजार ५००, कार्यालय सहयोगीलाई १५ हजार र विद्यालयका कर्मचारीलाई २० हजार ५०० रूपैयाँ मासिक तलब तोकिएको हो ।

नगरप्रमुख रामचन्द्र जोशीले शिक्षकको माग सम्बोधन गर्नुपर्छ भन्नेमा आफू सकारात्मक भएर निर्णय गरेको बताए । संघीय सरकारले बजेटमा तलब बढाउने घोषणामात्र गरेको तर स्रोत सुनिश्चितता नगरपालिका आफैंले गर्नुपर्दा केही दिन अन्योल भए पनि अब शिक्षकले आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य भएको जोशीको भनाइ छ ।

संघीय सरकारले घोषणा गरे पनि कुश्मा नगरपालिकाले तलब सुविधा नबढाएको भन्दै शिक्षक र कर्मचारी आन्दोलित भएका थिए । तलब वृद्धि गर्दा नगरपालिकालाई वार्षिक एक करोड ५० लाख दायित्व बढ्ने भएको छ ।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *