Wednesday , January 26 2022
Breaking News
Home / समाचार / माओवादीबाट मन्त्री बन्दै बिमला ओली !

माओवादीबाट मन्त्री बन्दै बिमला ओली !

काठमाडौं : मुख्यमन्त्री प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारलाई आज पूर्णता दिने तयारी गरेका छन्।
नेपाली कांग्रेसले मन्त्री हुनेहरूको नाम उपलब्ध गराएमा आजै मन्त्रिपरिषद विस्तार हुनेछ।

नेकपा माओवादी केन्द्रले दाङका इन्द्रजित थारुलाई स्वास्थ्य मन्त्री र बर्दियाका तिलकराम शर्मालाई आन्तिरिक मामिला तथा कानून मन्त्री बनाउने र दाङकै बिमला खत्री ओलीलाई राज्यमन्त्री बनाउने स्रोतले जनाएको छ।

बाँकी एक मन्त्री नेकपा (एकीकृत समाजवादी) लाई दिने कि, माओवादीलाई नै लिने भन्ने बिषयमा छलफल जारी रहेको स्रोतले बताएको छ। कपिलबस्तुकी सुष्मा यादव मन्त्री बन्ने चर्चा छ। एसमाजवादीले मन्त्री लिएमा उनलाई माओवादीले राज्यमन्त्री बनाउने तयारी गरेको छ।

कांग्रेसले बाँकेका सुरेन्द्र हमाल मन्त्री बनाउने चर्चा छ। उनलाई वन तथा वातावरण मन्त्री बनाउने तयारी रहेको स्रोतको दाबी छ। लुम्बिनीमा अहिले ७ जना मन्त्री छन्। कांग्रेसबाट तीन मन्त्री र २ राज्यमन्त्री बनाउन बाँकी छ।

कांग्रेसले क-कसलाई मन्त्री र राज्यमन्त्री बनाउने टुंग्याइसकेको छैन। ‘सकभर आजै बेलुकासम्म सरकारलाई पूर्णता दिने भन्ने छ। यदी त्यो संभव भएन भने आइतबार सरकारले पूर्णता पाउने छ,’ स्रोतले भन्यो।

About admin

Check Also

भाइरल भइरहने रोगहरु रुखाखोकी, ज्वरो, घाँटी दुख्ने रोगको लागि घरमै उपचार

यो मौसममा रुखाखोकी, ज्वरो, घाँटी दुख्ने जस्ता बिमारी फैलिएका छन्। यी स-साना भाइरल भइरहने रोगहरुको …

Leave a Reply

Your email address will not be published.