काठमाडौ । अन्धविश्वासका कारण एक जना ४५ वर्षकी महिलाले अनाहकमा ज्यान गुमाउनु परेको छ भने भर्खरका उमेर भएका ३ जनाले जे ल को हावा खानुपर्ने भएको छ । मान्छे म रेको पा सो महंगोमा बिक्री हुन्छ त्यो ऐनामा पनि देखिन्न भन्ने भ्रमका कारण ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा कमला तामाङको ज्यान लिइयो ।
नुवाकोट घर भएकी ४५ वर्षीया कमलाको श व भदौ २५ मा बिहान फेला परेको थियो । उनी टहरोमा एक्लै बस्थिन् । त्यस्तो अन्धविश्वासमा परेर दुई श्रीमान श्रीमती सहित ३ जनाले कमलाको ज्यान लिएका थिए ।
घटनामा संलग्नलाई पक्राउ गरी सोधपुछ गर्दा यस्तो कुरा खुलेको हो । पक्राउ पर्नेमा मकवानपुर घर भएका २३ वर्षीय सविन प्रजा, उनकी पत्नी प्रविना प्रजा माझी र मोरङ घर भएका २० वर्षीय सुमन मगर छन् ।
उनीहरुले पा सो महंगोमा बिक्री हुने कुरा सुनेर घटना गराएको वयान प्रहरीलाई दिएका छन् । तर ऐनामा पनि देखिदैन भन्ने सुनेका थिए । भोलीपल्ट त्यो डोरी ऐनामा हेर्दा देखियो । ऐनामा देखिएपछि उनीहरुले त्यो डोरी बगाइदिए । घटना भएको भोलिपल्ट बिहान उनीहरुले नुहाइ धुवाई गरेर पा सो लाई पूजा समेत गरेका थिए । प्रहहरीले सो घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ ।