Sunday , October 17 2021
Breaking News
Home / मनोरंजन / दीपाश्रीलाई मामाले दसैंमा थोरै पैसा दिएपछि फालेर हिँडिन्, बहिनीको लुगा चोरेर लगाइन्

दीपाश्रीलाई मामाले दसैंमा थोरै पैसा दिएपछि फालेर हिँडिन्, बहिनीको लुगा चोरेर लगाइन्

काठमाडौ । हाम्रो घर आँगनमा दसैंको रौनक आएको छ । काठमाडौ बसेकाहरु घर फर्केका छन् भने विदेश गएकाहरु पनि दसै मनाउन आइपुगेका छन् । गाउँघरमा ढकमक्क फूल फुलेका छन्, धानका बाला झुलेर उस्तै रमाइलो बातावरण बनेको छ । दर्सै जति बालापनमा रमाइलो हुन्छ ब्यवहारीक हुँदै गएपछि ठूलो उमेरमा जिम्मेवारी बढी हुन्छ । त्यसैले दसैं सानो उमेरमा नै धेरै रमाइलो हुन्छ ।

अभिनेत्री दीपाश्री निरौलाको पनि बाल्यकालको दसैै निकै रमाइलो हुन्थ्यो । उनले एउटा रमाइलो घटना पनि सम्झिएकी छन् । ‘बाल्यकालमै छँदा दशैंको टिका लगाउन मामा घर गएका थियौं । मामा घर जाँदा लिंगे पिङ खेल्न थाल्यौं ।

पिङ खेल्ने क्रममा म ल डें, मैले लगाएको दशैंको लुगा नै हिलाम्ये भयो, दीपाश्री सम्झिन्छिन्–‘त्यसपछि मामाघरमा टीका लगाउने बेला आफ्नो त लुगा नै भएन । त्यसैले मैले बहिनीको लुगा चोरर लगाएँ अनि टिका लगाउन बसें । बहिनीले आफ्नो लुगा चोरिएको थाहा पाएपछि लडिबुडी गर्दै रुन थालि ।’ कुरा त्यत्तिमै सकिएन ।

‘टीका लगाएर मामाले दिएको दक्षिणा थोरै भएपछि मैले ठूलो गुसानो गरेकी थिएँ, बाल्यकालको उक्त दशैं सम्झँदै दीपाश्री भन्छिन्–‘दक्षिा थोरै भएपछि मामाले दिएनु भएको पैसा फा लेर, टीका पनि पु छेर हिँडेको बालापनको त्यो दशैं सम्झिँदा अहिले ला ज पो लागेर आउँछ ।’

‘अहिले ठूलो भए पछि भने हामी सबैको मनस्थिति नै परिवर्तन हुने रहेछ, अहिले दशैंमा दक्षिणा होइन आशीर्वादको महत्व हुँदो रहेछ, दीपाश्रीका अनुसार सबै कामलाई केही दिनका लागि थाँति राखेर ढुक्कले दशैं मनाउँदा बेग्लै आनन्न आउँछ ।

‘यसपटकको दशैंमा दिदी, भिनाजु, बहिनी, ज्वाईं लगायत सबै आफन्तहरुसंग भेटघाट हुँदैछ, उनी भन्छिन्–‘मेरो जस्तै हरेक नेपालको घरमा आफन्तहरुको भेटघाटले खुशीयाली निम्त्याओस् । सम्पूर्ण नेपालीहरुको घर–आँगनमा दशैंले खुशीयाली ल्याओस् भन्ने कामना समेत गर्दछु ।’

About admin

Check Also

पाइलट बुवाले उडाएको जहाजमा छोरीको पहिलो उडान, भिडियोले जित्यो लाखौंको मन (भिडियो हेर्नुस्)

एजेन्सी । सामाजिक सञ्जालमा सानी बालिकाको एउटा भिडियो भाइरल भइरहेको छ। जसमा उनी उडानको सिटमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *