Sunday , October 17 2021
Breaking News
Home / समाचार / धुर्मुस–सुन्तलीका लागि चितवनबाट आयो खुशीको खबर, रेणु दाहालले गरिन यस्तो ठुलो घोषणा

धुर्मुस–सुन्तलीका लागि चितवनबाट आयो खुशीको खबर, रेणु दाहालले गरिन यस्तो ठुलो घोषणा

काठमाडौं – कलाकार तथा समाजसेवी सिताराम कट्टेल –धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)का लागि खुसिको खबर आएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला अलपत्र परेको भन्दै यो सरकारले बनाउने बताएकी हुन् ।

शनिबार चितवन उद्योग संघको साधारणसभालाई सम्बोधन गर्दै पिता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग धुर्मुस–सुन्तलीले बनाउन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको जिम्मा सरकारले लिनुपर्ने बताइन् । ,

उनले भनिन्, ‘देशकै गरिमा बोकेको रंगशाला निर्माणका लागि महानगरले जग्गा उपलब्ध गरायो । आवश्यक सबै सहयोग गर्‍यो । तर, स्रोत जुटाउने जिम्मा लिएका धुर्मुस, सुन्तलीले बनाउन सकेनन् । अब रंगशाला निर्माणको जिम्मा सरकारले लिनुपर्ने भयो ।’

हाल माओवादी गठबन्धनबाट देउवा सरकारमा सामेल छ । र, यहीँ बेला बहुवर्षीय योजनाअन्तर्गत रहेको रंगशाला निर्माणको काम निजी स्तरबाट सरकारी स्तरमा ल्याएर अघि बढाउनुपर्ने मेयर दाहालको धारणा छ ।

आर्थिक अभावका कारण गत साउन १५ देखि रंगशाला निर्माणको काम बन्द रहेको छ । रंगशाला निर्माणका क्रममा १६ करोड रुपैयाँ ऋ’ण लागेपछि निर्माण अघि बढाउन नसकिएको धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ ।

साथै, ऋ’णमा डुबेर रंगशाला बनाउन नसकिने भन्दै निर्माणको काम रोकेर फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ काठमाडौंमा छन् ।

निर्माणको काम थालनी गर्नुपूर्व रंगशाला निर्माणका विषयमा विभिन्न टिकाटिप्पणी चलेका थिए । जसमध्ये बहुवर्षीय योजनाका काम निजी होइन सरकारी स्तरबाट काम हुनुपर्ने आवाज उठेका थिए ।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *