Monday , July 4 2022
Breaking News
Home / Uncategorized / पारशसँग बाइकमा हिँड्ने युवति गायिका रहेको खुलासा

पारशसँग बाइकमा हिँड्ने युवति गायिका रहेको खुलासा

पूर्वयुवराज पारश शाह अहिले फेरि चर्चामा अाएका छन् । अरु केहि नभएर मध्यरातमा हार्ले डेभिडसन बाईकमा एक युवतिसँग पारश देखिएपछि चर्चा चुलिएका हुन् । पारशको जस्तै कालो छालाको पाईन्ट र ज्याकेटमा देखिएकि ती युवति अरु कोहि नभएर डिजे रहेको प्रतिक्रियाहरु सामाजिक संजालमा आइरहेका छन् ।

काठमाडौँको ठमेलमा मास्क लगाएर पारशको बाईकमा देखिएकि ती युवति डिजे रहेको प्रतिक्रियाहरु आइरहेको छ । सो भिडियोले अहिले सामाजिक संजाल तताइरहेको छ । कुनै समय राजाका छोरा पारश अहिले सधैँजसो कालो कपडामा देखिन्छन् ।

सोहि कपडामा युवति पनि देखिएपछि सामाजिक संजाल प्रयोगकर्ताले खिसिट्युरी गरिरहेका छन् । ती युवतिको एक भिडियोले अहिले राम्रो स्थान पाइरहेको छ । विष्णु माझीले गाएको ‘चरि जेलैमा’ बोलको गितमा ती युवतिले संगित दिएकि छिन् । काठमाडौँको एक क्लबमा ती युवति डिजेका रुपमा काम गर्ने गरेको भिडियोमा देख्न सकिन्छ ।

युवराज पारशको सधैँ चर्चा हुने गर्दछ । उनलाई मनपराउने जमात ठूलो छ । त्यसैले पनि होला केहि दिनअघि काठमाडौँमै हेल्मेट नलगाई हिँड्दा प्रहरीले रोकेपछि युवाहरुले प्रहरीबाट उनलाई छुटाएका थिए ।

उक्त घट्नाले पनि नेपाली संचारमाध्यममा राम्रै स्थान पाएको थियो । सोहि घट्ना भएको केहि समयपछि कमेडि च्याम्पियनमा भरतमणिले पारशको क्यारिकेचर गरेका थिए । त्यसपछि अज चर्चामा अाए ।

पारशको क्यारिकेचरपछि भरतमणिलाई भोट गर्नेको संख्या ठूलो थियो । नभन्दै, पारशको क्यारीकेचर गरेपछि भरतमणिले उपाधि जितेका थिए ।

युवतिसँग पारशको संगतः एक वर्षयता पारशको नाम धेरै युवतिहरुसँग जोडियो । सोनिका रोकायासँगको निकटताले त झनैँ मिडियामा चर्चा बटुलेको थियो ।उनीहरु दुवैजना कहिले मुस्ताङ पुग्थे त कहिले हेलिकोप्टरमा शेयर गरेको भिडियोहरु सोनिकाले सार्वजनिक गर्थिन् ।

जन्मदिनमा पारशले सोनिकालाई दिएको बहुमुल्य उपहरले पनि राम्रै चर्चा पाएको थियो । पारश सधैँ जसो कोहि न कोहि युवतिसँग निकट भएको समाचारहरु बाहिरिने गर्दछन् । आखिर किन पारश श्रीमति हुदाहुदैँ अन्य युवतिसँग नजिक हुन रुचाउँछन् भन्ने प्रश्नहरु पनि आउने गर्दछ ।

छोरालाई जन्मदिनको शुभकामना श्रीमतिलाई शुभकामना दिएनन्ः शुक्रबार युवराज्ञी हिमानी शाहको जन्मदिनमा बलिउडको चर्चित नायिका मनिषा कोइराला देखि अन्य चर्चित व्यक्तित्वले हिमानीलाई जन्मदिनको शुभकामना दिएका थिए ।

तर, पारशले भने सामाजिक संजालमा हिमानीलाई जन्मदिनको शुभकामना दिएनन् । फेसबुकमा निकै सक्रिय देखिने पारशले हिमानीको जन्मदिनमा शुभकामना नदिएपछि धेरैले नराम्रो मानेका थिए ।

सोनिकाको जन्मदिनमा बहुमुल्य उपहार दिने तर आफ्नै श्रिमतिको जन्मदिनमा मौन रहेको भन्दै नकारात्मक प्रतिक्रियाहरु पनि आएको थियो ।

जे होस्, पारशको व्यक्तिगत जिवनमा प्रश्न गर्ने कसैको अधिकार छैन । पारश अहिले एक साधारण व्यक्ति हुन् । तर, उनलाई मनपराउनेको जमात ठूलो भएकाले उनको चर्चा चुलिने गर्दछ ।

About admin

Check Also

आखिर राष्ट्रिय टेलिभिजनमा नायिका स्वस्तिमा खड्काले किन बोलिन् अ”श्लील शब्द?? के हो वास्तविकता?? हेर्नुहोस भिडियो

टिभी च्यानल इमेज एचडीबाट प्रशारण हुने एक गायन (र्‍याप) रियालिटी शो (नेपहपको श्रीपेच) मा आफ्नो …

Leave a Reply

Your email address will not be published.