दक्षिण कोरियामा आफूमाथि समकक्षीले यौ’न दु’र्व्य’वहार गरेको आरोप लगाउने एक महिला एयर फोर्स अधिकारीले देह’त्याग ग’रे’पछि १५ जनामाथि मुद्दा चलाइएको छ । यो घटना लुकाउन खोज्ने दर्जनौँ एयर फोर्सका अधिकारीहरूमाथि अनुशासनको का’रबाही पनि गरिने भएको छ । यस घटनाले गत जुन महिनामा ठूलो हंगामा म’च्चिएको थियो ।
गत मार्चमा एयरफोर्स मास्टर सार्जेन्ट रहेकी ती महिलालाई सै’न्य बेसमा आयोजित एक डिनर मिटिङबाट घर फर्कने क्रममा कारमा पुरुष समकक्षीले यौ’न दु’र्व्य’वहार ग’रे’को आरोप थियो । उनले यो घटना आफ्ना सिनियर अधिकारीहरुलाई रिपोर्ट गरे पनि अनुसन्धानमा उनीहरुले त्यो घटनालाई लुकाउन खोजेर सहमति गर्न बाध्य पारिएको खुलासा भएको थियो । उनले मेमा देह’त्या’ग ग’रेकी थिइन् ।
राष्ट्रपति मुन जेले घटनामा माफी माग्दै चिफ अफ स्टाफ जेनेर लि स्योङ योङको राजीनामा स्वीकृत गरेका थिए । योङले आफ्ना महिला अफिसरको मृत्युमा ‘गहिरो जिम्मेवारी’ लिँदै राजीनामा दिएको बताएका थिए । यो घटनामा गत जुनमा एक पुरुष सार्जेन्टलाई पक्राउ गरिएको थियो तर हाल कानुनी कारबाही चलिरहेको छ ।
अर्को घटनामा एक तेस्रो लिंगी सैनिकमाथि गैरकानुनी रुपमा भेदभाव गरेको कारण जबरजस्ती सेवा छा’ड्न बा’ध्य बनाएको एक अदालतले फैसलामा उल्लेख गरेको छ । ती सैनिक पछि आफ्नो घरमा मृत अवस्थामा फेला परेका थिए । दक्षिण कोरियाको पहिलो तेस्रो लिंगी सैनिकको मृत्युको कारणबारे आधिकारिक जानकारी दिइएको छैन । तर, उनले दे’हत्या’ग ग’रेको समाचारहरु प्रकाशित भएका थिए ।
दक्षिण कोरियाको सेनामाथि आफ्ना महिला सैनिकको सुरक्षा गर्न नसकेको आरोप लाग्दै आएको छ । सेनामा यौ’न दु’र्व्यव’हारका घटना बाहिर आएपछि सांसदहरुले यो वर्ष कानुन पारित गर्दै ती मुद्दाको सुनुवाई नागरिक अदालतमा गर्नुपर्ने बनाएको छ । –बीबीसी