Wednesday , January 26 2022
Breaking News
Home / समाचार / तलब खान आएका होइनौं भन्दै वडाध्यक्षले दुई वर्षको तलबभत्ता बृद्धबृद्धालाई बाँडे

तलब खान आएका होइनौं भन्दै वडाध्यक्षले दुई वर्षको तलबभत्ता बृद्धबृद्धालाई बाँडे

दसैँ तिहारको पूर्व सन्ध्यामा कञ्चनपुर भीमदत्त नगरपालिका वडा नं. १ का अध्यक्ष आसेफ कुँवरले वृद्धवृद्धा तथा अपांगता भएकाहरुलाई रकम वितरण गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनु अगावै तलब भत्ताबापत प्राप्त रकमलाई कञ्चनपुरका वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्ने प्रतिवद्धता गरेका उनले सोमबार सो रकम वितरण गरेका हुन् । कुँवरले दुई बर्षमा तलब भत्ता बापत प्राप्त गरेको ३ लाख ९२ हजार रुपैंया बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई बितरण गरेका हुन् ।

‘जनप्रतिनिधि भएपछि आफुले पाउँदै आएको तलव भत्ता वापतको रकम वडामा रहेका बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई दिएको हुँ,’ वडा अध्यक्ष कुँवरले भने । नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष कुँवरले सोमबार बिहान वडाका १४२ जना जेष्ठ नागरिक, अ’पाङ्गता भएका व्यक्ति, दृ’ष्टिविहीन र विपन्न परिवारलाई रकम वितरण गरेका हुन् ।

तलब लिएर वडा कार्यालय पुगेका अध्यक्ष कुवँरले ३ हजारका दरले रकम बाँडेका हुन् । ‘म निर्वाचनका बेलामा मत माग्दै गर्दादेखि निर्वाचन जि’तिसकेपछि पनि पाँच बर्षसम्म सरकारी सुविधा नलिने बचन दिएको थिएँ । आज त्यो पुरा गर्दै छु’ उनले भने ।उनले कार्यकाल भरीको रकम समाजमै परोपकारी काममा लगाउने बताए ।

‘हामी लोकसेवा पास गरेर तलब खान स्थानीय तहमा आएका होइनौं,’ कुवँरले भने ‘पाँच बर्षसम्म सुविधा नलिएर वडाको विकासदेखि जनताको हितका लागि काम गर्छु ।’ वडाध्यक्षको मासिक तलब २२ हजार रहेको छ । वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीय जेष्ठ नागरिकमा खुसीयाली छाएको छ ।दसैँ तिहारको पूर्व सन्ध्यामा कञ्चनपुर भीमदत्त नगरपालिका वडा नं. १ का अध्यक्ष आसेफ कुँवरले वृद्धवृद्धा तथा अपांगता भएकाहरुलाई रकम वितरण गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनु अगावै तलब भत्ताबापत प्राप्त रकमलाई कञ्चनपुरका वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्ने प्रतिवद्धता गरेका उनले सोमबार सो रकम वितरण गरेका हुन् । कुँवरले दुई बर्षमा तलब भत्ता बापत प्राप्त गरेको ३ लाख ९२ हजार रुपैंया बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई बितरण गरेका हुन् ।

‘जनप्रतिनिधि भएपछि आफुले पाउँदै आएको तलव भत्ता वापतको रकम वडामा रहेका बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई दिएको हुँ,’ वडा अध्यक्ष कुँवरले भने । नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष कुँवरले सोमबार बिहान वडाका १४२ जना जेष्ठ नागरिक, अ’पाङ्गता भएका व्यक्ति, दृ’ष्टिविहीन र विपन्न परिवारलाई रकम वितरण गरेका हुन् ।

तलब लिएर वडा कार्यालय पुगेका अध्यक्ष कुवँरले ३ हजारका दरले रकम बाँडेका हुन् । ‘म निर्वाचनका बेलामा मत माग्दै गर्दादेखि निर्वाचन जि’तिसकेपछि पनि पाँच बर्षसम्म सरकारी सुविधा नलिने बचन दिएको थिएँ । आज त्यो पुरा गर्दै छु’ उनले भने ।उनले कार्यकाल भरीको रकम समाजमै परोपकारी काममा लगाउने बताए ।

‘हामी लोकसेवा पास गरेर तलब खान स्थानीय तहमा आएका होइनौं,’ कुवँरले भने ‘पाँच बर्षसम्म सुविधा नलिएर वडाको विकासदेखि जनताको हितका लागि काम गर्छु ।’ वडाध्यक्षको मासिक तलब २२ हजार रहेको छ । वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीय जेष्ठ नागरिकमा खुसीयाली छाएको छ ।

About admin

Check Also

भाइरल भइरहने रोगहरु रुखाखोकी, ज्वरो, घाँटी दुख्ने रोगको लागि घरमै उपचार

यो मौसममा रुखाखोकी, ज्वरो, घाँटी दुख्ने जस्ता बिमारी फैलिएका छन्। यी स-साना भाइरल भइरहने रोगहरुको …

Leave a Reply

Your email address will not be published.