Sunday , October 17 2021
Breaking News
Home / समाचार / फौजीको दुःखः घरमा दशैँको टीका नलगाएको तीन वर्ष भो, यसपालि पनि घर जान पाउँदिन

फौजीको दुःखः घरमा दशैँको टीका नलगाएको तीन वर्ष भो, यसपालि पनि घर जान पाउँदिन

चनाखो हुनुपर्छ। चाँडबाँडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन्। विदा र घरपरिवार भन्ने हुँदैन।

प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ। कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ। घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ।

फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु। तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ।

यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी। यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ। यसै सेरोफेरोमा अनामनगर प्रहरी वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी भरत श्रेष्ठसँग फौजी दसैंबारे कुराकानी गरिएको छ।

उनको भनाइ उनकै शब्दमाः दसैंको बेलामा झन् धेरै ड्युटी हुन्छ। मान्छे धेरै चाहिन्छ। तर त्यो भनेर दसैं नै नमनाउन नदिने, चाडबाड नमनाउने भन्ने हुँदैन। मिलाएर हामी ड्युटीमा असर नहुनेगरी कार्यालय प्रमुखबाट दसैं मनाउने र खानपिन गर्ने, टीका जमरा लगाउनेलगायतका सम्पूर्ण कार्यहरु हुन्छन्।

जमरा राखेका छौं। यहाँ कार्यरत जति छौं त्यहीँ नै परिवारको हिसाबले ज्येष्ठ सदस्यबाट टीका जमरा लगाइदिने, भोज खाने, सामान्य नाचगान पनि हुन्छ। सकेसम्म ड्युटीलाई असर नपर्ने गरी विदा पनि छोडिएको छ।

यहाँ भएकालाई घरको अभाव हुन नदिनेगरी यतै परिवार मान्नेगरी दसैंको तयारी गरेका छौं। त्यो हिसाबले मनाउँछौं। म घरमा टीका लाउन नपाएको तीन वर्ष भयो। सुरु सुरुमा विदा नपाउँदा अफ्ठेरो लाग्थ्यो। अब बानी परिसक्यो।

घरमा पनि अब यो आउँदैन भन्ने हुन्छ। छोरा–छोरी आउन पाउँदैन भनेर अभिभावकको मानसिकता बनिसक्छ।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *