Sunday , October 17 2021
Breaking News
Home / समाचार / नेपाल साफको इतिहासमै पहिलोपटक फाइनलमा, प्रशिक्षक अलमुताइरीले साफपछि पदत्याग गर्ने

नेपाल साफको इतिहासमै पहिलोपटक फाइनलमा, प्रशिक्षक अलमुताइरीले साफपछि पदत्याग गर्ने

नेपाली राष्ट्रिय फुटबल टोली इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार माल्दिभ्समा जारी प्रतियोगिताको अन्तिम लिग खेलमा बंगलादेशसँग १-१ को बराबरीमा रोकिएपछि नेपालले फाइनलमा स्थान पक्का गरको हो ।

नेपालले ४ खेलमा ७ अंक जोड्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो । तेस्रो खेलमा भारतसँग १-० को हार बेहोरेपनि नेपालले अन्तिम खेलमा आफू अनुकुल बराबरीको नतिजा निकाल्दै फाइनलमा स्थान बनायो ।

नेपाल यसअघि ५ पटक सेमिफाइनलमा पुगेर फाइनल पुग्नबाट बन्चित भएको थियो । पछिल्लो पटक सन् २०१८ मा नेपाल माल्दिभ्ससँग ३-० ले पराजित हुँदै सेमिफाइनलमा बाहिरिएको थियो । त्यसअघि सन् २०१३ र २०११ मा अफगानिस्तानले नेपाललाई सेमिफाइनलमा हराएको थियो ।

सन् १९९५ मा श्रीलंकासँग हारेको नेपाल सन् १९९९ मा भने बंगलादेशसँग पराजित भएको थियो । समग्रमा साफमा नेपालको इतिहास यसप्रकार छ :

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्ने भएका छन् । बुधबार लिग चरणको अन्तिम खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अलमुताइरीले नेपालको प्रशिक्षक पद छाड्ने घोषणा गरेका हुन् । उनले एक महिनाअघि नै राजिनामा दिएपनि अब नेपाललाई फाइनल पुर्याएलगत्तै प्रतियोगिता सकिएपछि राजिनामा लागु हुने बताएका हुन् । उनले आफू नेपाल नफर्कने बताएका हुन् ।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *