Sunday , May 29 2022
Breaking News
Home / अन्तरास्ट्रिय / शाहरुख खानका छोरा आर्यन खानलाई जेलको खाना मन नपरेपछि …

शाहरुख खानका छोरा आर्यन खानलाई जेलको खाना मन नपरेपछि …

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान उतिबेला ला’गूऔषधि सम्बन्धी मुद्दामा जेलमा रहेका छन्, रिहाइका लागि अपिल गरिएपनि अदालतले उनलाई जमानत दिएको छैन । बिहीवारको आदेशअनुसार आगामी ५ दिन अदालत बन्द रहने भएकाले आर्यनले कम्तिमा २० अक्टोबरसम्म जेलमै बस्नुपर्ने भएको छ ।

जेलको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार आर्यनलाई जेलको खाना मन परिरहेको छैन। आर्यन जेलभित्र हैरान छन् । जेलभित्र सहज नभएका कारण आर्यन अधिकांश समय तनाव र हैरान देखिने गरेका छन् ।

जेल स्रोतले भन्यो, ‘जेलभित्र घुलमिल हुन समय लाग्छ, जेलभित्रको दुनियाँ अलग्गै हुन्छ ।’ आर्यनसँगै प’क्राउ परेका अन्य व्यक्तिलाई सुरक्षाको कारण देखाउँदै छुट्टाछुट्टै राखिँदा उनी एक्लै परेका छन् । आर्यनसँगै ६ आरोपी प’क्राउ परेका थिए । प’क्राउ परेपछि आर्यनको क्वारेन्टीन अवधि १३ अक्टोबरमा पूरा भएको छ । सबै आरोपीको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

जमानतको विरोध गर्दै एनसीबीले अदालतमा आफ्नो जवाफ राखेको छ। अदालतमा दिइएको एनसीबीको जवाफमा आर्यन खानको बारेमा भनेका कुराहरु, उनका वकिलले इन्कार गरेका छन् र उनीहरुलाई आधारहीन भनेका छन्।

अभिनेता शाहरुख खानका छोरा आर्यनका वकिलले तर्क गरे कि उनी म्यासेज च्याटको आधारमा प’क्राउ परेका हुन्। त्यसैले उनीहरुलाई जमानत दिनुपर्छ।

यो केस मुम्बईमा एक क्रूजमा आयोजित कथित रेव पार्टीसंग सम्बन्धित छ। एनसीबीका प्रमुख एसएन प्रधानले अक्टोबर ३ मा मुम्बई क्रुज ड्रग्स प्रकरणमा निष्पक्ष छानबिन गरिने बताएका थिए।

उनले भनेका थिए, ‘हामी यस मामिलामा निष्पक्ष रुपमा काम गरिरहेका छौं। यो ध्यान दिनुपर्छ कि बलिउड र केहि धनी मानिसहरु पनि यस मामिलामा संलग्न छन्। जो कोहि उनीहरु संग हुन्छ, हामी अझै पनि कानून को दायरामा रहेर हाम्रो काम गर्नेछौं।’

About admin

Check Also

बलिउड अभिनेत्री शिल्पा शेट्टीको पहिलो सन्तानको निधन , रुदै लेखिन् भावुक पोष्ट , पूरै कुन्द्रा परिवार गहिरो शोकमा

लिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानसँग …

Leave a Reply

Your email address will not be published.