Saturday , May 28 2022
Breaking News
Home / प्रमुख समाचार / म कहिल्यै नेपाल फर्किने छैन : अल्मुताइरी

म कहिल्यै नेपाल फर्किने छैन : अल्मुताइरी

काठमाडौं । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुताइरीले फाइनलपछि आफू नेपालमा नबस्ने बताएका छन् ।

आज माल्दिप्सको राजधानीमा मालेमा भएको बंगलादेश विरुद्धको खेलमा एक–एक गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो ।खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अब्दुल्लाले आफू नेपालमा थप नबस्ने बताएका हुन् ।प्रेस मिटमा आक्रामक भएर प्रस्तुत भएका उनले आफ्नो धेरै आलोचना भएकोमा नेपाली मिडियाको आलोचना पनि गरे ।

उनले भने–‘मैले यसअघि नै राजीनामा दिइसकेको छु । फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ । फाइनलपछि म नेपाल फर्कने पनि छैन ।’प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए । यी तीन दिन मैले धेरै तनावमा गुजारे ।’ तर उनले जितमा आफू खुसी रहेको पनि बताए ।

आजको खेलको विश्लेषण गर्र्दै उनले भने–‘बंगलादेशी गोलरक्षकले रातो कार्ड खाएपछि टिम १० खेलाडीमा सीमित भयो र खेल हाम्रो पक्षमा मोडियो । म बंगलादेशी गोलरक्षकलाई धन्यवाद दिन चाहन्छु, किनभने उनले मलाई अहिले तत्काल विश्वकै सबैभन्दा खुसी मान्छे बनाएका छन् । म उनीप्रति आभारी छु ।’

About admin

Check Also

नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु ! (हेर्नुहाेस् विवरण सहित)

फागुन १ गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे …

Leave a Reply

Your email address will not be published.