Saturday , November 27 2021
Home / समाचार / सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

आर्टमाण्डुको ‘बिनायो भाकैले’, के माया लाग्छ र!, तिनपातेपछि दर्शकलाई नयाँ सांगीतिक कोशेली (भिडियो)
आर्टमाण्डु नेपालले नयाँ सांगीतिक भिडियो सार्वजनिक गरेको छ । आर्टमाण्डुले ‘बिनायो भाकैले’ शीर्षकमा गीत र म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।फरक–फरक स्वादका सांगीतिक भिडियो ल्याउँदै आएको आर्टमाण्डुले ल्याएको ‘के माया लाग्छ र ?’, ‘तिनपाते’, ‘बाफ’ जस्ता सांगीतिक कोशेली दर्शकले सर्वाधिक रुचाएका छन् ।

सुष्मा सिग्देलको शब्द, अंकितबाबु अधिकारीको संगीत रहेको गीतमा अंकितबाबु र सुनिता थेगिमले स्वर भरेका छन् । गीतमा रिकेश गुरुङको संगीत संयोजन छ ।

८०–९० को दशकको नेपाली चलचित्रको स्वर्णिम युगलाई समर्पित गर्दै यस ‘बिनायो भाकैले’ तयार गरिएको आर्टमाण्डुले जानकारी दिएको छ ।यसको भिडियोमा बिजु पार्की र कविता नेपाली नायक–नायिकाको भूमिकामा प्रस्तुत छन् ।

त्यस्तै भिडियोमा खलनायक, सहायक खलपात्रहरु, हाँस्य कलाकार, चरित्र अभिनेता लगायतको भूमिकामा समेत कलाकारहरुलाई प्रस्तुत गरिएको छ । पुरानो शैलीमै भिडियो तयार पारिएको छ ।

बाल्यकालमा हुँदाको चलचित्रको यादलाई स्मरण गर्दै ‘बिनायो भाकैले’ निर्माण गरिएको प्रोजेक्ट सुपरभाइजर नवीन चौहानले बताएका छन् । बिजु पार्की, लाहुरेको नृत्य निर्देशन, सुशन प्रजापतिको छायाँकन रहेको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन एवं रंग संयोजन गरेका हुन् ।

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *