Sunday , November 28 2021
Home / समाचार / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट जहाज उडेनन्, यात्रु अलपत्र

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट जहाज उडेनन्, यात्रु अलपत्र

काठमाडौ । त्रिभुवन विमानस्थलमा उडान प्रभावित भएको छ । सोमबारदेखि आएको निरन्तर वर्षाको कारण आन्तरिक उडान प्रभावित भएका छन् । विमानस्थल कार्यालयको अनुसार आज बिहान तय भएका अधिकांश उडान पहाडी भेगमा बाक्लो हुस्सुका कारण रद्द भएका हुन् ।

तारा एयरको आज ६ उडान रद्द भएका छन् । बलिउड फिल्म ‘उचाई’को छायाँकनमा रहेका कलाकारहरुको टिमलाई मनाङ लैजाने तालिका थियो । आज यी उडान हुन सकेनन् । त्यस्तै, डोल्पा, जोमसोङ, टक्सार, तुम्लिङटार लगायतको पुर्व निर्धारित उडानहरु पनि आज रद्द भएका छन् । उडान रद्द हुँदा सयौ यात्रुहरु एयरपोर्टमै अलपत्र परेका छन् ।

हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावले देशका अधिकांश भू–भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन(चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको छ । महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार अहिले लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १ र २ मा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभाव जारी रहेको र अझै केही दिन बदली र वर्षा हुने उनले बताए । साथै सुदूरपश्च्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको छ ।

पाकिस्तान र भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ । यो वायु सुस्तगतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन असर रहने मौसमविद् बासीले बताए । फाइल तस्बिर

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *