Monday , January 24 2022
Breaking News
Home / समाचार / बालुवाटर काण्डले लियो चर्को रुप : केपीका बिश्वास पात्र बिष्णु पौडेललाई पक्राउ पुर्जी

बालुवाटर काण्डले लियो चर्को रुप : केपीका बिश्वास पात्र बिष्णु पौडेललाई पक्राउ पुर्जी

बालुवाटर काण्डले लियो चर्को रुप : केपीका बिश्वास पात्र बिष्णु पौडेललाई पक्राउ पुर्जी
बालुवाटर काण्डले लियो चर्को रुप : केपीका बिश्वास पात्र बिष्णु पौडेललाई पक्राउ पुर्जी

नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले ललितानिवासको जग्गा फिर्ता गरेपछि अख्तियारले उनीहरूलाई मुद्दा चलाएन ।

ललितानिवास जग्गा हिनामिना प्रकरणमा साना देखि ठुला व्यक्तिहरु जोडिएका छन ।

उक्त प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको निवेदनमा सर्वोच्च अदालतले निर्णय सुनाउने मिति तोकेको हो ।

सर्वोच्चले भट्टराई र नेपाल विरुद्ध परेको निवेदनमा आगामी कात्तिक १५ मा आफ्नो निर्णय सुनाउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले सोमबार दिनभर बहस सुनेपछि उक्त विवादमा निर्णय सुनाउने दिन तोकेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार सर्वोच्च अदालतले कात्तिक १० सम्ममा बहस नोट पेश गर्न दुवै पक्षलाई आदेश दिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगलले २०७६ माघ २२ मा बालुवाटारस्थित ललितानिवास क्याम्पको करीब १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउन भूमिका खेल्ने १७५ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा चलाएको थियो ।

अख्तियारले उनीहरूमध्ये पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ११० जनालाई जरिवाना र कैद सजाय माग गरेको थियो भने ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएको थियो ।

नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले ललितानिवासको जग्गा फिर्ता गरेपछि अख्तियारले उनीहरूलाई मुद्दा चलाएन ।

मुद्दा चलाइएकामध्ये कांग्रेस नेता गच्छदार तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री सहित उप्रधानमन्त्री थिए ।

नेपाल नेतृत्वमा २०६६/०६७ मा बनेको सरकारले बालुवाटार स्थित प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखका सरकारी निवास विस्तारका क्रममा ललितानिवास क्याम्पको सरकारी जग्गा भूमाफियाहरूलाई सट्टाभर्ना दिएको थियो ।

त्यसपछि २०६९ मा तत्कालीन एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई नेतृत्वको सरकारले ललितानिवासकै जग्गा हिनामिना गर्ने मनसायले खोलिएको पशुपति टिकिन्चा गुठीका नाममा जग्गा दर्ता कायम गरेको थियो ।

About admin

Check Also

कोटेश्वरबाट पठाओ राइडर नै…….

काठमाडौ । काठमाडौमा एक जना फठाओ राइडर लु’टिएका छन् । उनलाई हात बाँ’धे’र झा’डीमा फालिएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *