Monday , January 24 2022
Breaking News
Home / समाचार / जाने होईन त माल्टा, तलब २ लाख ८२ हजारसम्म, सेवा शूल्क ४० हजार मात्रै !

जाने होईन त माल्टा, तलब २ लाख ८२ हजारसम्म, सेवा शूल्क ४० हजार मात्रै !

वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ ।माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ ।नेपालको इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो ।

सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन हेल्पर, केयर गिभर लगायत विभिन्न १२ पदका लागि श्रमिकको माग गरिएको छ।खाने बस्ने सुविधा सहित काम अनुसार न्यूनतम मासिक तलब १ लाख ३४ हजार देखि अधिकतम २ लाख ८२ हजार सम्म तोकिएको छ ।ओभर टाईम सुविधा, वार्षिक बिदा कम्पनीको नियमानुसार हुने जनाइको छ।

मलेशिया प्रवेश गर्ने नेपालीलाई आयो यस्तो नयाँ नियम
मलेसियाले नेपाल लगायतका केहि मुलुकबाट आउने यात्रुलाई तीनसाताको क्वारेण्टिन अनिवार्य गरेको छ । मलेसियाका सञ्चारमाध्यमहरुका अनुसार नेपालसागै श्रीलंका, बंगलादेश तथा पाकिस्तानबाट आउने यात्रुलाई २१ दिनको क्वारेण्टिन अनिवार्य गरिएको छ ।

कोभिडको डेल्टा भेरिएण्टलाई फैलिन रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ । यस अगाडी मलेसियाले भारतबाट आउने यात्रुका लागि मात्र २१ दिनको क्वारेण्टिनको व्यवस्था गरेको थियो ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल लगायतका मुलुकमा डेल्टा भेरिएण्ट फैलिएपछि सो संक्रमण रोक्न यस्तो व्यवस्था गरिएको हो । सवै मुलुकबाट मलेसिया आउने यात्रुले तीन दिन भित्र गरिएको पिसिआर रिपोर्टलाई अनिवार्य गरिएको छ भनें मलेसिया आइपुगे पश्चात पनि पिसिआर परीक्षण गर्नुपर्ने व्यवस्था छ । नेपाल लगायतका मुलुकबाट आउने यात्रुको १८ औं दिनमा पिसिआर परीक्षण हुने जनाइएको छ ।

एक महिनाको लकडाउन पश्चात् पनि कोरोना नियन्त्रणमा आउन नसकेपछि मलेसियाका सेलाङ्गर,क्वालालम्पुर लगायतको विभिन्न स्थानमा कडाईका साथ लकडाउन लगाउनुको साथै विभिन्न कम्पनी परिसरभित्रै प्रवेश गरेर कोरोना सम्बन्धि एसओपी पालना नगर्ने कामदारको साथसाथै अवैधानिक कामदारहरुलाई धरपकड गर्न पनि सुरु गरिएको हो।

स्थानीय सञ्चार माध्यमका अनुसार पछिल्लो समयमा मलेसियामा ‘अन्लिमिटेड लकडाउन’ लागू गरिएको छ, अर्थात संक्रमितको संख्या ४ हजार भन्दा तल नआएसम्म ‘लुजडाउन’ नगर्ने , लकडाउन नखोल्ने यहाँको सरकारले घोषणा गरेको छ।

तर, मलेसियामा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। झन्डै दिनको ७ हजारको हाराहारीमा संक्रमित भेटिरहेका छन् , भने ६० देखि १०० जनाको हाराहारीमा मानिसहरुको मृत्यु भैइरहेको छ।

त्यसै क्रममा मलेसिया सरकार पछिल्लो समय कोरोना माहामारीको वाहानामा अत्याधिक विदेशी कामदारहरु बस्ने कम्पनी,होस्टेल,फ्ल्याट लगायतकोमा गएर छापामारी गर्ने र भिसा नभएको , अवैधानिक विदेशी कामहरूलाई धमाधम पक्राउ गर्दै डिपोर्ट गर्ने गरेको छ।

About admin

Check Also

बिल गेट्सको दावी : खोपले महिलामा बाँझोपन ल्याउने छ

भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *