काठमाडौं ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५३ जना को’रोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १९५ जना , ललितपुरमा ३५ जना र भक्तपुरमा २३ जना संक्रमित थपिएका हुन् ।
देशभरका विभिन्न प्रयोगशालामा ८४२६ जनाको को’रोना परीक्षण गर्दा ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।बुधबारको प्रेस ब्रिफिङमा प्रवक्ता पौडेलले दिनुभएको जानकारी अनुसार २४ घण्टामा जम्मा ८ हजार ४२६ नमुनाको को’रोना परीक्षण भएको छ ।
जसमा ७ हजार २२ पीसीआर र १४०४ एन्टिजेन परीक्षण भएको छ । २४ घण्ठामा ७५८ जना को’रोनामुक्त भएका छन् । को’रोना संक्रमणबाट १३ जनाको मृ’त्यु भएको छ । अहिले देशभर पीसीआर परीक्षणको संक्रमणदर ७.६ प्रतिशत रहेको प्रवक्ता पौडेलले बताउनु भयो ।
पहिलेको तुलनामा संक्रमणदर कम भएपछि जो’खिम उत्तिकै रहेको उहाँको भनाइ छ । नेपालको हालसम्मको कुल संक्रमणदर १८.६ प्रतिशत रहेको छ । हालसम्म पीसीआर परीक्षणबाट ८ लाख ७ हजार ५२ जनामा को’रोना संक्रमण पुष्टि भएको छ ।
९३ हजार ६९७ ए’न्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको छ । जम्मा को’रोना पुष्टि हुनेको संख्या ९ लाख ७४८ पुगेको प्रवक्ता पौडेलले जानकारी दिनुभएको छ । ७ लाख ८४ हजार १५५ जना को’रोनामुक्त भएका छन् । को’रोनाबाट मुक्त हुनेको संख्या ११ हजार ३१८ पुगेको छ ।
अहिले देशभर सक्रिय संक्रमित ११ हजार ५७९ जना छन् । जसमा १० हजार ७७३ होम आइसोलेसनमा र ८०७ जना संस्थागत आइसोलेसनमा रहेको प्रवक्ता पौडेलले बताउनुभयो । यस मध्ये २७६ जना आइसीयू र १०४ जना भेन्टिलेटरमा छन् ।