Monday , January 24 2022
Breaking News
Home / समाचार / अनुपमले जब नेपालमा ३७ वर्ष पछि आफ्नो सहकर्मी भेटाए

अनुपमले जब नेपालमा ३७ वर्ष पछि आफ्नो सहकर्मी भेटाए

काठमाडौं । बलिउड अभिनेता अनुपम खेर लगायत केही कलाकार अहिले फिल्म छायाँनका क्रममा नेपालमा छन् । अनुपमले सन् १९८४ मा सँगै काम गरेकी सहकर्मीलाई नेपालमा भेट गरेका छन् । नेपालमा आफ्नो पुरानो सहकर्मीसंग भेट गर्न पाउँदा उनी निकै खुसी भएका छन् । उनले सामाजिक सञ्जाल मार्फत सहकर्मीसंगको तस्बिर सार्वजनिक गर्दै खुसी ब्यक्त गरेका छन् ।

अनुपमका अनुसार चलचित्र ‘जिवनसन्ध्या’ मा सँगै अभिनय गरेकी कलाकारसंग उनको नेपालमा भेट भएको हो । उनले ति कलाकारसंग ३७ वर्ष अघि संगै काम गरेका थिए । लुक्लाबाट बिहीबारमात्रै काठमाडौं आएका अनुपमले काठमाडौंको ह्यात होटलमा भेटेका हुन् ।

अष्ट्रेलियन नागरिक फलिसिटि भल्क उक्त चलचित्रमा जोडिएको किस्सा सेयर गर्दै अनुपम लेख्छन्, “हामीलाई चलचित्रमा बुहारीको भूमिकाका लागि विदेशी अनुहार चाहिएको थियो । त्यहीक्रममा भारत घुम्न आएकी १९ वर्षीया उनलाई त्यो भूमिकाका लागि प्रस्ताव गरियो । आज ३७ वर्षपछि उनलाई भेटेँ । उनी अहिले नेपालका लागि अष्ट्रेलियन राजदूत हुन् भने दुईवटा किताबकी लेखिका पनि हुन् । उनीसँग भेट्न पाउँदा खुसी लागेको छ । जिवन सरप्राइजहरुको प्याकेज हो । जे पनि हुन सक्छ।”

 

About admin

Check Also

तपाई पुरुष हो ? हो भने भुलेर पनि नगर्नुहोस् यी गल्ति, मृत्यु हुन सक्छ

काठमाडौं, प्रायजसो पुरुषहरु आफ्नो स्वास्थ्यका बारेमा खासै ख्याल गर्दैनन् । उनिहरुमा आफु स्वस्थ रहेको भ्रम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *