साधारण लेखपढ जान्ने नेपाली नागरिकको लागी ५०० भन्दा बढी संख्यामा रोजगारको माग आएको हो । नेपालको जिम्मा लिएको मेनपावर कम्पनीको अनुसार रोजगारदाता कम्पनीले खान तथा बस्नको सुबिधा समेत दिएको छ ।
युएईको स्टार सर्भिस एलएलसिको लागि विभिन्न पदको लागि ५०० बढी रोजगारीको लागि नेपालीको माग गरिएको छ । कम्पनीले खान बस्न सहित ३३ हजार नेपाली रुपैयाँ मासिक तलब प्रदान गर्ने जनाएको छ । भने ओभरटाइम समेत प्रदान गर्ने बताइएको छ ।
नेपालको लागि स्टार एचआर सर्भिस प्राली मेनपावर कम्पनीले कामदार पठाउने जिम्मा लिएको छ भने इच्छुक नेपाली ब्यक्तिहरुले मेनपावर कम्पनीमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
वा कुनै जिज्ञासाको लागि तल दिइएको बिज्ञापन हेर्न वा बिज्ञापनमा दिइएको सम्पर्क नम्बरमा फोन गर्न सकिने छ ।