Monday , July 4 2022
Breaking News
Home / मनोरंजन / चलचित्र चल्दैन भन्ने पहिल्यै थाहा थियो, ‘महानायक’ विवादले असर गरेको होइनः शोभित

चलचित्र चल्दैन भन्ने पहिल्यै थाहा थियो, ‘महानायक’ विवादले असर गरेको होइनः शोभित

नेपाली चलचित्रको व्यापारका लागि दशैं पर्व विशेष मानिन्छ । दशैंमा रिलिज भएका चलचित्रले व्यापारिक रुपमा सुखद कमाई गरेको देखिन्छ । यो बर्षको दशैंमा पनि निर्देशक शोभित बस्नेतले चलचित्र ‘डाँडाको वर पीपल’ रिलिज गरे । तर, दर्शकले चलचित्रमा रुची देखाएनन् ।

चलचित्र रिलिज अगाडि शोभित र उनको टिमले ‘महानायक’ विवाद चर्काएको थियो । चलचित्रको व्यापारमा यही विवादले ठूलो असर गरेको तर्क समेत धेरैले गर्ने गरेका छन् । तर, निर्देशक बस्नेत भने यो कुरा स्विकार गर्दैनन् ।

उनी भन्छन्–‘यो कुरा गलत हो । यो समयमा जुनसुकै चलचित्र चलाएको भए पनि चल्दैनथ्यो । हामीले त पहिलेदेखि नै यो चलचित्र हलमा चल्दैन भनेर भनिराखेका नै थियौं । यो चलचित्र निर्माताले ओटीटी प्लेटफर्मका लागि बनाएका हुन् । हल खुलेकाले दर्शकलाई सकारात्मक सन्देश दिनका लागि रिलिज गरिएको हो ।’

शोभितले अझै ९ महिना जुनसुकै चलचित्र चलाएपनि नचल्ने दाबी गरे । उनले भने–‘हलिउडको सर्वाधिक चर्चित चलचित्र चल्दा पनि दर्शक आएनन् । तिहारमा अक्षय कुमारको सुर्यवंशीले पनि अपेक्षित दर्शक पाउँदैन । करिब ९ महिना सबै चलचित्रको अपेक्षा सुखद हुँदैन ।’

शोभितले चलचित्र चल्दैन भन्ने थाहा पाएपनि आफ्नो हल संचालक र वितरकसँग राम्रो सम्बन्ध रहेकाले यो क्षेत्रको माहोल बनाउन आफूले चलचित्र रिलिज गरेको बताए । उनले भने–‘निर्माताले ओटीटी प्लेटफर्मबाट कमाउँछन् । हामीले दशैंमा चलचित्र रिलिज गर्छौ भन्दा हल खुलेको पनि थिएन ।’

शोभितले बुढासुब्बा ओर्जिनलकै लगानीमा तिहारसपछि नयाँ चलचित्रको छायांकन सुरु गर्ने बताए । यो चलचित्रमा पनि नायक सलोन बस्नेत र नायिका रुविना थापाको मुख्य भूमिका रहने उनको भनाई छ । यो चलचित्र भने पूर्ण रुपमा हल केन्द्रित हुने उनको भनाई छ ।

About admin

Check Also

पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने

पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने ? यो भनाई हो नेपाली चलचित्रकी …

Leave a Reply

Your email address will not be published.