काठमाडौं – जापानको दुई कम्पनीले नेपाली कामदारको माग गरेको छ । जापानको chiba chiiki kaihatsu kyodokumiai (cckk) कम्पनीले विल्डीङ वर्करका लागि ३ जना नेपाली पुरुष कामदारको मा गरेको छ । यस्तै bi-ke scaffolding and temporary construction cooperative union कम्पनीले दुई जना पुरुष कामदार गरी जम्मा पाँच जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब एक लाख ७० हजार माथिदेखि एक लाख ९० हजार सम्म पाउँनेछन् । खाने बस्नेको व्यावस्था कामदार आफैले गर्नु पर्ने छ । इच्छुक कामदारले हिमालयन जब एक्स्प्लोरर प्रालीको कार्यालय पाटन ढोका ललितपुरमा कार्तिक १२ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च कामदार आफैले बेहोर्नु पर्ने छ । भिसा स्ट्याम्पीङ शुल्क र हाई टिकट निशुल्क रहेको छ । विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ ।