काठमाडौं : नेपाली लोक दोहोरी क्षेत्रकी लोकप्रिय गायिका तथा कार्यक्रम प्रस्तोता मन्जु पौडेललाई मातृशोक परेको छ। केहि दिन देखि बिरामी रहेकी आमाको अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले लालीगुराँस डटकम परिवारलाई जानकारी दिएको छ।पौडेलले आफ्नो आमा संग केहि दिन अगाडी दशैं टिका थापेको भिडियो सार्बजनिक गरेकी थिइन ।
आमा प्रति हर समय आफुलाई निहित राख्ने मन्जुको परिवारमा गहिरो सोक परेको छ। लोक संगीतमा लाग्न मंजुलाई बिशेष गरि आमाको ठुलो भूमिका रहेको थियो।हरेक स्थानमा आमाकै कारण यो ठाउँमा छु भन्ने पौडेललाइ आमाको अभाब थपिएको छ।मन्जुको एक छोरी छिन।
दोहोरी क्षेत्रमा उनि अब्बल गायिका मात्रै न भएर एक सफल कार्यक्रम प्रस्तोता हुन्।सबैभन्दा धेरै स्टेज र देश घुमेकी मन्जु लामो समयदेखि राजधानीमै बस्दै आएकी थिइन।आमा अवास्थ भए संगै उनले आमालाई पनि साथमै राखेर उपचार गरिरहेकी थिइन।छोरी भए पनि छोराको भूमिका निर्भाव गरिरहेकी पौडेलले आमालाई बचाउन भने सकिनन्।
हर कोसिस गर्दा पनि आमालाई बचाउन नसकेको उनको पारिवारिक श्रोतले लालीगुराँस डटकमलाइ जानकारी दिएको छ। यो दुखद घडीमा आमाप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बैनी मन्जु लगायत शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् । #हार्दिक_श्रद्धाञ्जली आमा 🙏💐