प्रखर वक्ता तथा गायक रमेश प्रसाई र नन्दा सिंह आज विवाह वन्धनमा बाँधिने भएका छन। कालीकोटकी नन्दा सिंहसँग र धरानका रमेश प्रसाईं लगनगाँठो कस्सिएका छन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।उनीहरुको विवाह भएको धेरै समय बितिसकेको छ ।
नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि ग हिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए ।
रमेशले बिबाहको प्रस्ताव राखेका थिए । अहिले उनीहरूलाई सन्तानलाभ हुन लागेको छ ।यसै सिलसिलामा पत्रकार रवि लामिछाने र उनकी पत्नी निकिता रमेश र नन्दालाई शुभकामना दिन उनीहरूको घर पुगेका छन् ।
अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो २’ बोलको गीतले चर्चामा ल्याएको छ ।रमेश अहिले आफ्नो कार्यक्रम “लाल मोहर” बाट पनि चर्चामा छन् ।उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।
भिडियो हेर्नुस् :-