Sunday , November 28 2021
Home / समाचार / रुसमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु, कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट

रुसमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु, कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट

रुसमा पछिल्लो समय सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ । यो संख्या यहाँ सङ्क्रमण सुरु भएपछिकै सबैभन्दा बढी हो ।

यहाँ यो भाइरसको सङ्क्रमणबाट २ लाख २९ हजार ५२८ जनाको ज्यान गएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ भाइरसबाट ज्यान जानेहरुको संख्या बढ्दो रहेको छ । शनिबार यहाँ ३७ हजार ६७८ जना यो सङ्क्रमणबाट सङ्क्रमित भएको जनाइएको छ । यो समेत गरी रुसमा ८२ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् ।

त्यस्तै जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार- देश सङ्क्रमितको सङ्ख्या :

विश्व २४३,४३६,१४२
अमेरिका ४५,४२७,५३९
भारत ३४,१७५,४६८
ब्राजिल २१,७२३,५५९
बेलायत ८,७७५,८८९
रूस ८,११२,९९९
टर्की ७,८२६,९८३
फ्रान्स ७,२२१,९६९
इरान ५,८५१,६७०
अर्जेन्टिना ५,२७९,८१

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *