नेपाली मनोरञ्जन दुनियाँ गसिपमा रमाउँछ । कलाकारका सम्बन्धदेखि पारिश्रमिकका खबरले दैनिकजसो सञ्चारमाध्यम रं’गिन्छन् । महिला र पुरुष कलाकारले एकसाथ काम गरेपछि उनीहरुबीच प्रेम सम्बन्धको चर्चा च’ल्नु नौलो होइन । कतिपय अवस्थामा त चलचित्र निर्माताले चलचित्रको प्रचारका लागि कलाकारबीच प्रेमसम्बन्ध रहेको चर्चा चलाइदिन्छन् ।
केही दिनयता नेपाली चलत्रिच तथा म्युजिक भिडियो बजारमा मोडल पल शाह र गायिका तथा मोडल समीक्षा अधिकारीबीचको स’म्ब’न्धको चर्चा छ । पल र समीक्षाको स’म्बन्धदे’खि बिहेका सम्झौतासम्मका चर्चाहरुले सञ्चारमाध्यम भरिन थालेका छन् । यसले, पल र समीक्षाका फ्यानहरुलाई अ’चम्ममा त पारेको छ ।
पल र समीक्षाले स’म्बन्धको बिषयमा केही पनि बताएका छैनन् । पलले बजारमा चलेका ह’ल्लाहरु सबै गलत भएको र समीक्षा आफ्नो फ्यान भएको जवाफ दिँदै आएका छन् । । समीक्षाले पनि पल शाह जस्तो स्टार कलाकारसँग काम गर्न पाउनु आफ्नो लागि अवसर भएको धारणा राखेकी छन् ।
चलचित्र बजारमा समीक्षा र पलबीच बिहे नै गर्ने सम्झौता भएको हल्ला चलेको छ । यो हल्लाबारे उनीहरु स्वयं पनि जानकार छन् ।
बजारमा यस्तो हल्ला चल्न थालेपछि पल र समीक्षा मिडियाबाट तर्किन थालेका थिए । केही समय अगाडि चन्द्रागिरीमा आयोजना भएको एक अवार्ड समारोहमा पनि पत्रकार आउने जानकारी पाएपछि समीक्षा गइनन् । केही दिन अगाडि मात्र एक म्युजिक भिडियोको छायांकनमा पुगेका सञ्चारकर्मीलाई पल शाहले अन्तर्वार्ता दिन अस्वीकार गरेका थिए ।
केही महिनायता पल र समीक्षा नजिक भएको कुरामा दुइमत छैन । पोखरादेखि सुरु भएको पल र समीक्षाको निकटताको चर्चा चितवन हुँदै काठमाडौंसम्म आइपुग्दा सार्वजनिक भएको छ ।
केही मिडियामा स’म्बन्ध’को चर्चा भएसँगै समीक्षाले लामो स्टाटस लेख्दै पलसँगको प्रेमसम्बन्धी ह’ल्ला कपोलकल्पित भएको बताएकी छिन् । समीक्षाले लेखेकी छिन्, ‘पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यूसँग जो’डेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन् ।
समाचारमा मेरो र पल जि को सम्बन्ध लाई तो’ड मो’ड गरेर तुच्छ प्रकारका कुराहरु मेडिया मा आएका छन जसले मेरो चरित्र ह त्या भएको छ। यसका साथ साथै पल जि को क्यारिअर माथि आच आउने किसिमले सस्तो प्रचार बाजि गरिराको छन। यसो नगर्नुहुन अनुरोध गर्दछु। बिना स्रोत अफबाह मा लेखिएका यी समाचार ले हामिलाई सामाजिक र चारितृक रुपमा निकै नै असर पुराएको छ यस कुरा प्रती म र मेरो परिवार खेद प्रकट गर्दछौ ।
एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ। मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु। र हामिबिच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मान हा’नी र च’रित्र ह’ ‘त्या हुने किसिमले लेखिएका समाचार ले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिएन ।
म जे छु जहा छु यो सब मेरा भगवान रुपि दर्शक श्रोता को देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मेडियामा आएका झुटा समाचार हरु प्रती घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरु लाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जिवनमा आच आउने मान हानी तथा च’रित्र हि’न हुने किसिमको समाचार नबनाउनु होला। सबैलाई धेरै धेरै माया धन्यबाद।
🙏
त्यस्तै समिक्षा पछि पल शाहले पनि यिनै सामाजिक संजालमा चलेका र आफु प्रति लक्षित् समाचारलाइ लिएर आफ्नो व्यक्तिगत धारणा राख्दै शुभचिन्तकलाइ सजग गराएका छन् ।
पल शाहले लेखेको स्टाटस जस्ताको तस्तै तल पढ्नुहोस : नमस्कार🙏
देश बिदेशमा रहनुभएका सम्पुर्ण मेरा दर्शक श्रोता ज्युहरुमा हार्दिक सम्मान अनि धेरै माया। बिगत केही दिनदेखी मेरो र गायिका समिक्षा अधिकारीको बिषयमा आइरहेका समाचार बाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शक दिर्घ नै दुखी बनेको महशुस हामिले गरेका छौ । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही ब्यक्त्ती समूह कहि न कहि कुनै न कुनै प्रकारले नजिक हुने गर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो।
मेरो पेशा र बिधाका कारण म धेरै मान्छेहरु सँग सहकार्य गर्नुपर्ने हुन्छ र म सँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैले सदैब आफुलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु। अरु कलाकारहरु सँग जस्तै र अरुले जस्तै साङ्गितिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाहरुलाई विदितै छ। हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्त्तिगत जीवन माथी आंच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुखि बनाएको छ। यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्र ह’ ‘त्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाई दिनुहुन सम्पुर्ण मिडियाकर्मी ज्युहरुलाई हार्दिक अनुरोध गर्दछु।
मैले सधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु। यहि घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहासम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्ट मार्फत हार्दिक माफी माग्द्छु। गायिका समिक्षा अधिकारी र मेरो बिचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शिर्षक दिएर सिङ्गो पत्रकारिता लाई पनि ब’दनाम गर्ने र हाम्रो चरित्र ह’ ‘त्या हुने कार्य नगरिदिनुहोला । धन्यवाद 🙏 – हजुरहरुको पल शाह !!