Sunday , November 28 2021
Home / समाचार / नयाँ बानेश्वरमा संसद भवन नजिकै मुख्य सडकमा अचानक ठूलो भ्वागं परेपछि…

नयाँ बानेश्वरमा संसद भवन नजिकै मुख्य सडकमा अचानक ठूलो भ्वागं परेपछि…

काठमाडौ । काठमाडौको नयाँ बानेश्वर संसद भवन नजिकै एकाएक सडक भत्किएपछि सर्वसाधारण र वरपरका निकै चकित् परे । राजधानीको व्यस्त सडक मानिने नयाँ बानेश्वर मिनभवन सडकखण्डमा सोमबार बिहानै एकाएक भ्वाङ परेको थियो । सडक अचानक भत्किएपछि केहीबेर यातायातसमेत अवरुद्ध हुन पुगेको थियो । सो भ्वाङ पुर्नका लागि सडक विभागका कर्मचारी खटिएका थिए । प्रत्यक्षदर्शीका अनुसार सुरुमा सानो भ्वाङ परेकामा डोजर चलाउने क्रममा भ्वाङ ठूलो भएको थियो ।

अहिले भ्वाङ परेको सडक वरपर यातायात सञ्चालनमा रोक लगाइएको छ । काठमाडौँका ठाउँठाउँका सडकमा बेलाबेला भ्वाङ पर्ने समस्या देखिने गरेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा सोमबार बिहानै ५ बजे खबर पुगेको थियो । ‘सडक भत्कियो’ भन्दै फोन आएको थियो। फोन गर्नेले नयाँबानेश्वर(तीनकुनेअन्तर्गत सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालयबीचको सडकमा ठूलो भ्वाङ परेको बताएका थिए।

प्रभागका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाका अनुसार १५ फिटजतिको गहिरो खाल्डो रहेको जानकारी आएको थियो। हरेक हिसाबले संवेदनशील मानिने क्षेत्रमा खाल्डो परेको खबरले ट्राफिक व्यवस्थापनमा बेचैनी गराउने छँदै थियो। त्यसैले उनले नयाँबानेश्वर र तीनकुनेबीचका सबै युनिटहरूलाई ‘अलर्ट’ गराएका थिए।

डिभिजन सडकको टोली १० बजेपछि मात्रै घटना भएको ठाउँमा पुगेको थियो। टोलीले एउटा एक्स्काभेटर साथमै लिएर गएको थियो। एक्स्काभेटरले सडक कोपर्न थाल्यो। जति कोपर्दै गयो, सडकभित्र अजंगको खाल्डो देखिँदै गयो।

यति ठूलो खाल्डो बन्नुको पछाडि त्यहाँ रहेको मंगाल कारण देखिएको देवकोटाले बताए। ढलले सुरूमा मंगाल फुटाएको देखिन्छ, मंगालबाट ढल लिकेज भएपछि सडकभित्रको माटो गलाएर खाल्डो बनेको देखिन्छ,’ उनले भने।

एक्स्काभेटरले खन्दा मंगालसँगै एउटा ढलको पाइप देखिएको छ। त्यो प्रतिनिधिसभा भवनबाट आएको ढलको पाइप हो। ‘मंगालबाट हालसम्म पनि अलिअलि पानी बगिरहेको देखिएको छ,’ देवकोटाले भने।

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *