Saturday , November 27 2021
Home / समाचार / समिक्षाले मुख खोलेपछि पललाई पनि मुख खोल्न कर लाग्यो, खुलाए नालीबेली !

समिक्षाले मुख खोलेपछि पललाई पनि मुख खोल्न कर लाग्यो, खुलाए नालीबेली !

काठमाडौं। नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन्। उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्मनगरीमा चर्चा चल्न थालेपछि यी दुई केही समयदेखि मिडियासँग समेत साक्षात्कार गर्न डराइरहेका थिए।

समीक्षा र पलको ‘प्रेम प्रकरण’ बारे चियोचर्चो सुरू भए पनि यो चियागफमै सीमित थियो। यसबारे पूर्ण जानकार कोही थिएनन्. तर यकिनका साथ भन्ने पनि कोही थिएनन् ।

यो विषयमा बोल्न उनीहरू तर्किए पनि अन्ततः बोलेका छन्। एक सातायता चर्चामा रहेका यी दुईको सम्बन्धको विषयमा गसिप र समाचार आउन थालेपछि समीक्षा र पलले सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्धलाई प्रस्ट्याएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् पलले समिक्षासँग नाम जोडेर बनाइएका गसिपले आफूलाई मात्रै नभएर आफ्ना दर्शकलाई पनि दुःखी बनाएको बताएका छन् ।

उनी लेख्छन्, ‘देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शकश्रोताज्यूहरूमा हार्दिक सम्मान अनि धेरै माया । विगत केही दिनदेखि मेरो र गायिका समिक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिंगाे दर्शकलाई नै दुःखी बनेको महसुस हामीले गरेका छौं । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कही न कही कुनै न कुनै प्रकारले नजिक हुने गर्छ । यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेशा र विधाका कारण म धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु ।’

पलले अगाडि लेखेका छन्, ‘अरू कलाकारहरूसँग जस्तै र अरूले जस्तै सांगीतिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरूलाई विदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरूलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्त्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ। यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र ह-त्या हुनेगरी बदनाम गर्नेगरी समाचार नबनाई दिनुहुन सम्पूर्ण मिडियाकर्मीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु ।’

मैले सधैं दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु । यही घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु । मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्टमार्फत् हार्दिक माफी माग्दछु । गायिका समिक्षा अधिकारी र मेरो बीचमा भएको मित्रता र सहकार्यलाई अन्य तथानाम शीर्षक दिएर सिंगाे पत्रकारितालाई पनि बदनाम गर्ने र हाम्रो चरित्र ह-त्या हुने कार्य नगरिदिनुहोला ’, पलले अन्त्यमा आग्रह गरेका छन् ।

उनले आइतबार साँझ फेसबुकमा पोस्ट गरेको स्ट्याटस यसप्रकार रहेको छ –

नमस्कार
देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शक श्रोताज्यूहरूमा हार्दिक सम्मान अनि धेरै माया । बिगत केही दिनदेखि मेरो र गायिका समीक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शकदीर्घा नै दुःखी बनेको महसुस हामीले गरेका छौ ।

जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही ब्यक्त्ति समूह कहीँ न कहीँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेसा र विधाका कारण मैले धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरू माझ मैले सदैव आफुलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु ।

अरु कलाकारसँग जस्तै र अरुले जस्तै सांङ्गीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरूलाई विदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, विनाआधारका कुराहरूलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्त्तिगत जीवन माथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ ।

यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्र ह-त्या हुने गरी बदनाम गर्ने गरी समाचार नबनाई दिनुहुन सम्पूर्ण मिडियाकर्मी ज्युहरूलाई हार्दिक अनुरोध गर्दछु । मैले सधैं दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु ।

यही घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु । मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्टमार्फत हार्दिक माफी माग्द्छु ।

गायिका समीक्षा अधिकारी र मेरोबीचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानाम शीर्षक दिएर सिङ्गो पत्रकारितालाई पनि बदनाम गर्ने र हाम्रो चरित्र ह-त्या हुने कार्य नगरिदिनुहोला । धन्यवाद
– हजुरहरूको पल शाह !!

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *