Saturday , July 2 2022
Breaking News
Home / आर्थिक / दसैँपछि लगातार बढेको सुनको मूल्यमा गिरावट , कति छ आजको मुल्य ?

दसैँपछि लगातार बढेको सुनको मूल्यमा गिरावट , कति छ आजको मुल्य ?

नेपाली बजारमा दसैँपछि लगातार बढेको सु’नको मूल्य आज प्रतितोला रु ६०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ ।

पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९२ हजार ६०० मा ‘का’रोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहने छ जसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार १०० तोकिएको थि’यो ।

त्यस्तै महासङ्घका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २५० कायम भएको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँ’दीको मूल्य तोक्दै आ’एको छ ।

काठमाडौं । यातायात व्यवस्था विभागले कोभिड–१९ का कारण स्थ’गित गरेको नयाँ सवारी चालक अनुमतिपत्र ९ड्राइभिङ लाइसेन्स० को आवेदन खुला गरेको छ । ६ महिना अघिबाट महा’मारीको कारण देखाउँदै स्थगित स्मार्ट लाइसेन्सको परीक्षा नयाँ व्यवस्थाअनुसार हुने भएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा। लोकनाथ भुसालले आवेदन खुलाएको एकैदिनमा ९ लाखभन्दा बढीले आवेदनका लागि वेभसाइट आबद्ध भएको बताउनुभयो । उहाँका अनुसा’र लामो समय आवेदन रोकिएका कारण एकैपटक लाखौंले आवेदन दिन लागेका हुन् । यो खबर आजको नेपाल समाचा’रपत्रमा छापिएको छ ।

सकेसम्म ट्रायल परीक्षालाई सहज बनाउने गरी विभागले काम गरिरहेको बताउँदै भुसालले आवेदन दिएकाहरुले धेरै समय कुर्न नपर्ने गरी व्यवस्थापन गर्न लागिएको बताउनुभयो । विभा’गले गत भदौ ३० गतेबाट देशभरका २१ वटा यायातात कार्यालयमार्फत दैनिक ५ हजार नयाँ चालकको ट्रायल परीक्षा लिँदै आएको छ ।

About admin

Check Also

आज मंगलबार सुनचाँदी किन्ने साेचमा हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ

साताको तेस्रो दिन आज (असार १४ गते) मंगलबार नैपाली बजारमा सुन र चाँदी दुवैकाे मूल्य …

Leave a Reply

Your email address will not be published.