Saturday , November 27 2021
Home / समाचार / यिनै हुन् नक्कली प्रहरी तिलक जस्ले नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोशाक लगाई बाटोमा बसेर पैसा लिन्थे

यिनै हुन् नक्कली प्रहरी तिलक जस्ले नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोशाक लगाई बाटोमा बसेर पैसा लिन्थे

सल्यान – जिल्ला प्रहरी कार्यालय सल्यानले तरकारी किन्न आएका व्यापारीबाट ३ लाख रुपैयाँ लु’टपा’ट गरी फरार रहेका एकजनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोशाक लगाई सोमबार कपुरकोट गाउँपालिका १ कालापातलको जंगलमा गाडी रोकी कपुरकोटमा तरकारी किन्न आएका सेराज हलुवाईको ३ लाख लु’टपा’ट भएको थियो।

लु’टपा’ट गरी फरार भएकामध्ये रोल्पा सुनछहरी गाउँपालिका ७ का ३० वर्षीय तिलक विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। लुहाम र कपुरकोटबाट खटिएको प्रहरीले विकलाई रोल्पा रुन्टिगडी गाउँपालिका ८ गर्पा खोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

विकलाई सल्यान जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनको भनाइ छ। लु’टपा’टमा सं’लग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी लगायत अन्य सुरक्षानिकायको पोशाक दुरुपयोग भएको थाहा पाए प्रहरी कार्यालयमा सूचना दिन पौडेलले आग्रह गरे।

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *