Sunday , November 28 2021
Home / समाचार / अन्ततः काठमाडौं बाट पक्राउ परिन भीआइपी देवी थापा

अन्ततः काठमाडौं बाट पक्राउ परिन भीआइपी देवी थापा

हनी ट्र’यापमा सं’लग्न रहेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । हनी ट्र’यापिङमा पारी विभिन्न युवाहरुलाई ठगी गर्दै हिँडेकी सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुङ्गाकी देवी थापा पक्राउ परेकी हुन् ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार महिलाविरु’द्ध ह’नी ट्र’यापिङको समेत उजुरी परेको भएपनि उनलाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको हो । परिसरको टोलीले उनलाई राजधानीको नक्सालबाट पक्राउ गरेको हो ।

आरोपीले कम्तीमा ६ जना युवाहरुलाई हनी ट्रयापिङमा पारी ७५ लाखभन्दा बढी रकम ठगी गरेको पाइएको छ । उनले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, नेपाल प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवासँग १३ लाख, जन्मजात अशक्त एक युवासँग २ लाख २१ हजार ठगी गरेको उजुरी परेको छ ।

त्यसैगरी ओखलढुङ्गाकै एक युवालाई खातामा नभएको चेक दिएर ठगी गरेको भन्दै चेक बाउन्सको उजुरी परेको थियो । खातामा रकम नभएको जान्दाजान्दै ११ लाख ५० हजारको चेक दिएपछि ती युवा युवतीविरु’द्ध चेक बाउन्सको उजुरी लिएर परिसर पुगेका थिए ।

२७/२८ वर्षकी एक युवती । अनुहार र लवाइ–खवाइ हेर्दा कुनै घरानियाँ खानदानकी जस्ती । कुराकानी गर्ने शैली पनि आम मानिसको भन्दा फरक । जीवनशैली र बोली व्यवहार हेर्दा उनीसँग नजिक नहुने कमै होलान् ।

उनी अर्थात् दीपा थापा (नाम परिवर्तन) । सुनकोशी गाउँपालिका ओखलढुङ्गा माइती भएकी दीपा काठमाडौं बस्न थालेको करिब ५ वर्ष भयो । उनीसँग न कुनै काम छ, न व्यापार । कमाएर दिने अरु व्यक्ति पनि कोही छैनन् । तर, उनको रवाफ र जीवनशैली भने विलासितापूर्ण छ । उनको फ्ल्याटमा पुग्ने हो भने आधुनिक डिजाइनमा महङ्गा फर्निचरदेखि शौखमा पर्ने सबैजसो विलासी वस्तु भटिन्छन् ।

काठमाडौं बसाइको करिब ५ वर्षमा उनले करिब १८ पटकभन्दा बढी डेरा सारिन् । पटक–पटक डेरा सारिरहनुको कारणचाहिँ आफ्नो पहिचान लुकाउनु वा घरधनीले ध’पाउनु नै हो । यस्तो जीवनशैली भएको मान्छेलाई घरधनीले किन डेराबाट निकाल्छन् ? वा किन यी युवतीले आफ्नो पहिचान लुकाउन पटक–पटक डेरा सार्छिन् त ? कारण हो, उनको हनी ट्र्या’पको व्यापार ।

दीपाको व्यापार वा व्यवसाय भन्नु नै हनी ट्रयाप हो । उनी युवाहरुसँग नजिकिन्छिन् । सुरुमा आफैं पैसा दिएर लेनदेन गर्छिन् । पछि युवाहरूसँग पनि पैसा लिन्छिन् । अनि माया–प्रेमको जालमा पार्छिन् र यौ’नस’म्बन्ध स्थापित गर्छिन् । यौ’नस’म्बन्ध स्थापित गरेको फोटो र भिडियो बनाउँछिन् र उल्टै ती युवाहरुसँग ब्ल्या’क’मेल गरेर पैसा लिन्छिन् ।

समयमै पैसा नपाए युवाका आफन्त वा परिवारका सदस्यलाई युवकसँग आफ्नो स’म्बन्ध भएको बारे बताउँछिन् र फोटो, भिडियो नै बाहिर ल्याइदिने ध’म्कीस’म्म दिन्छिन् । अनि युवकहरू सम्झौता गर्न बा’ध्य हुन्छन् । यौ’नला’ई ह’ति’या’र बनाएर यी युवतीले पुरुषलाई फ’साउँछिन् र पैसा लिन्छिन् ।

केही–केही युवासँग त ह’नी ट्रया’पमा पारेर पैसा लिएको मात्रै होइन, कर णी जस्तो मुद्दा समेत दायर गरेकी छिन् उनले ।

यस्तो छ युवा फ’साउने दीपाको काइदा

दीपाको माइती ओखलढुङ्गा भए पनि उनले ओखलढुङ्गा र सिन्धुलीको सिमानामा रहेको फिकल गाउँपालिकाका प्रकाश खड्का (नाम परिवर्तन) सँग विवाह गरेकी थिइन् । गाउँघरकै मान्छेको चिनजानमार्फत् उनीहरुको मागी विवाह भएको थियो । प्रकाश नेपाली सेनामा कार्यरत थिए भने दीपा गाउँमै बस्थिन् ।

प्रकाश सेनाको काममा बढी केन्द्रित हुने भएपछि दीपाको सम्बन्ध सिन्धुलीकै एक ठेकेदारसँग नजिकियो । ठेकेदारसँग नजिकको सम्बन्ध भएको कुरा प्रकाशले थाहा पाए । त्यसपछि प्रकाश ‘परिवार बचाउने’ भन्दै नेपाली सेनाको जागिर नै छाडेर घर आए । तर उनी घरमा आएपछि आफ्नो पोल खुलेको भन्दै दीपा घर छाडेर भा’गिन् ।

प्रकाशका अनुसार दीपाले उनको करिब ५० लाखको सम्पत्ति झ्वाम पारिन् । सुरुमा शान्ति सेनामा जाँदा कमाएको पैसाले भक्तपुरमा जग्गा किनेको बताइन् । तर, उक्त जग्गा तिनै ठेकेदारका नाममा किनेको र पछि उक्त जग्गा पनि फिर्ता नदिएको प्रकाशले बताए ।

पछि अदालतबाटै सम्बन्धविच्छेद गर्ने समयमा दीपाले छोरीका लागि भन्दै थप चार लाख रुपैयाँ लिइन् । अदालतमा सम्बन्धविच्छेद हुने समयमा दीपाले जन्माएकी छोरीका बुवा प्रकाश नै नभएको बयान दिइन् । तर, पनि छोरीको पढाइका लागि भन्दै उनले थप चार लाख रुपैयाँ लिएर गइन् ।

दीपा र प्रकाशको सम्बन्धविच्छेद भएको करिब ५ वर्ष भयो । त्यसपछि भने दीपा सिन्धुली छाडेर कपन तथा बौद्ध एरियामा बस्न थालिन् । यहीबीचमा सिन्धुलीका ती ठेकेदारलाई आफूसँग विवाह गर्न द’बाव दिन थालिन् । कि आफूसँग विवाह गर, नभए पैसा देऊ भन्दै द’बाव दिएको ठेकेदारका आफन्त बताउँछन् ।

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *