Sunday , November 28 2021
Home / Uncategorized / भोलि कार्तिक १३ गते शनिबार , कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !

भोलि कार्तिक १३ गते शनिबार , कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
परिवारको सदस्यसँग मनमुटावको  कारण मनमा ग्लानि रहनेछ। छातीमा पीडा वा अन्य कुनै विकारको कारण चिन्ताको अनुभूति हुनेछ। अनावश्यक आर्थिक खर्चबाट बच्नुहोला । मन अझै चिन्तित रहन सक्छ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
हरेक काममा सफलता मिल्नेछ । सामाजिक दृष्टिकोणबाट सम्मान मिल्नेछ । तर मध्यान्नपछि  झगडाको वातावरण बन्नेछ । तपाई प्रफुल्लित रहनुहुन्छ। मानहानीबाट बच्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
बिहानको समय मन क्रोधित रहनेछ। शारीरिक र मानसिक रूपमा चिन्ताको अनुभव गर्नुहुनेछ। व्यर्थ धन खर्च नगर्नुहोला । विद्यार्थीले अपेक्षित नतिजा पाउने छैनन् । तर मध्याह्नपछि साथीभाइ र प्रियजनसँगको भेटले मन प्रसन्न रहनेछ। आर्थिक लाभ पनि हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईको दिन सुखमय रहनेछ। तपाई अधिक संवेदनशील रहनुहुन्छ। शारीरिक र मानसिक आनन्द राम्रो रहनेछ। प्रियजन र साथीभाइसँग भेटघाट हुनेछ। तपाईंको मनोवृत्तिमा नकारात्मक परिवर्तन एवम निराशाजनक विचार आउन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बोलि र व्यवहारमा ध्यान दिनुहोला। प्रियजनसँग दुखी रहनुहुन्छ।  खर्च सोचेभन्दा बढी हुनेछ । मानसिक भ्रमलाई त्याग्नुहोला। स्वास्थ्यको ख्याल गर्नुहोला। मध्यांन्नपछि तपाईको लागि समय अनुकुल रहनेछ। नयाँ कामको थालनी गर्न सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विभिन्न क्षेत्रबाट लाभ होला। व्यापार व्यावसायमा लाभ हुनेछ । सहकर्मीको पूर्ण सहयोग प्राप्त हुनेछ। साथीभाइको लागि भएको खर्च लाभदायक हुनेछ । मध्यान्नपछि तपाईको मनमा अनिश्चितता रहनेछ। आफन्तप्रति भेदभावको घटना हुन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईको लागि दिन निकै शुभ छ। धार्मिक कार्य तथा दिव्य दृष्टिबाट लाभ मिल्नेछ । विभिन्न क्षेत्रबाट लाभ होला। उच्च अधिकारीबाट हौसला मिल्नेछ । पदोन्नतिको सम्भावना छ । प्रियजन र साथीभाइसँग भेटघाट हुनेछ। मनमोहक पर्यटकीय स्थलको भ्रमण हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तपाईको लागि  दिन निकै शुभ छ। धार्मिक यात्रा वा दैवी दर्शनको लाभ मिल्नेछ। विभिन्न क्षेत्रबाट लाभ मिल्ला। वैदेशिक यात्राको लागि परिस्थिति अनुकूल रहनेछ। उच्च अधिकारी तपाईंको कामबाट प्रसन्न हुनेछन्। प्रियजन र साथीभाइसँग भेटघाट हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
कुनै पनि नयाँ काम सुरु नगर्नुहोला। मनमा निराशा र अपराधको भावना उत्पन्न हुनेछ। क्रोधमा धैर्यता राख्नुहोला। परिवारको सदस्यसँग विवाद नगर्नुहोला ।  शारीरिक र मानसिक स्थितिमा सुधार आउन सक्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
तपाईको दिन आफन्त तथा आफन्तजनसँग खुसीसाथ बित्नेछ। तपाईंले मनोरञ्जन प्रवृतिको पूर्ण आनन्द लिनुहुनेछ। सहभागिता लाभदायक रहनेछ।  व्यापारको क्षेत्रमा  फाइदा हुनेछ। तर मध्यान्नपछि समय अनुकुल छ। शारीरिक र मानसिक रूपमा अस्वस्थ हुनुहुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आजको दिन निकै शुभ रहला। व्यापार – व्यवसाय गर्नेहरुको लागि दिन शुभ रहनेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहनुहुनेछ ।  मनोरञ्जनात्मक क्रियाकलापमा व्यस्त रहनुहुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मनमा अशान्ति र आक्रोश कायम रहनेछ। कुनै कारणले आकस्मिक धन खर्च हुनेछ । शारीरिक स्वास्थ्य पनि राम्रो रहनेछैन। घरमा आनन्द र शान्तिको वातावरण रहनेछ। काममा सफलता मिल्नेछ । घरपरिवारको सदस्यसँग खुसीसाथ समय बित्नेछ।

About admin

Check Also

बूढी औंलाबाट थाहा पाउनुहोस् व्यक्तिको आनीबानी

काठमाडौँ , ज्योतिषशास्त्र अनुसार बूढी औंला सुन्दर हुने व्यक्ति बुद्धिमान र चतुर हुन्छन् । यिनीहरू …

Leave a Reply

Your email address will not be published. Required fields are marked *