Sunday , November 28 2021
Home / समाचार / आज देशका यि यि स्थानमा वर्षाको सम्भाबना

आज देशका यि यि स्थानमा वर्षाको सम्भाबना

काठमाडौं, १४ कात्तिक-आइतबार मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकीमा वर्षाको आँकलन गरिएको छ ।

सोमबार पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सोमबार राति प्रदेश १, गण्डकी र कर्णालीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

यो पनि पढ्नुहोस

ह्वात्तै बढ्यो एलपी ग्यासकोमूल्य, प्रतिसिलिन्डर कति ?

नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन अब सहज हुने भएको छ । विद्युत अभाव र महँगो महसुल रहेको अवस्थामा हालै माथिल्लो तामाकोसीलगायतका आयोजना नेपाल विद्युत प्राधिकरणको प्रणालीमा थप भएपछि वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ ।

अब मागअनुसार बिजुली उपलब्ध हुने अवस्था सिर्जना भएको छ । प्रणालीमा झन्डै दुई हजार मेगावाट बिजुली उपलब्ध भएका सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले विदेशी ग्यास छाड्ने र स्वदेशी बिजुली उपभोग गर्ने योजना अगाडि सारेकी छन् । नेपाल आयल निगमको विवरण अनुसार झण्डै रु ४० अर्ब बराबरको खाना पकाउने एलपी ग्यास आयात हुने गरेको छ ।
शुक्रबार त निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेर प्रतिसिलिन्डर रु एक हजार ५०० पु¥याएको छ ।

अझै पनि ग्यासमा प्रतिसिलिन्डर ४६१ रुपियाँ २२ पैसा घाटा रहेको निगमका सहायक प्रवक्ता पुष्कर कार्कीको भनाइ छध्रयही विषम अवस्थालाई ध्यान दिएर सरकारले खान पकाउनका लागि विद्युतीय चुलोको बढावा दिन यस पटक बिजुलीको महसुलमा रणनीतिक परिवर्तन गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार सरकारको नीति तथा कार्यक्रम र योजनाअनुसार नै आयोगले विद्युतीय चुलोको प्रयोग बढोस् भन्ने ध्येयका साथ महसुलमा छुट दिइएको हो ।

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *