Sunday , November 28 2021
Home / अन्तरास्ट्रिय / जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगानी महिलाले आकाशमै जन्माईन बच्चा। अब त्यो बच्चा कुन देशका नागरिक बन्छन् ?

जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगानी महिलाले आकाशमै जन्माईन बच्चा। अब त्यो बच्चा कुन देशका नागरिक बन्छन् ?

काठमाडौं । अफगानिस्तानबाट जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगानी महिलाले बच्चा जन्माएकी छिन् ।

आइतबार, यूएस एयर मोबिलिटी कमाण्डले ट्विटरमा एउटा थ्रेड पोष्ट गर्दै भन्यो कि ती महिला आफ्नो परिवार संग मध्य पूर्वबाट जर्मनी जाँदै थिइन्, तब उनले एउटा बच्चालाई जन्म दिइन् । जब महिलाको स्वास्थ्य अवस्था बिग्रन थाल्यो, विमानको कमाण्डरले विमानमा हावाको चाप बढाउन तल उड्यो । त्यसले आमाको जीवन बचाउन मद्दत गर्‍यो र उनको अवस्था सुधार भयो ।

जब विमान अवतरण भयो, अमेरिकी सेनाका डाक्टरहरुले बच्चा जन्माउन मद्दत गरे । आमा र बच्चा दुवै खतरामुक्त छन् र नजिकैको अस्पतालमा लगिएको छ । यसलाई केही संयोगयुक्त घटना भनिएको छ । यस्ता घटनाहरु भएका छन् तर अत्यन्तै कम मात्र । यो खबर आएपछि जर्मनी गन्तव्य भएर उडेका कारण जर्मनी सरकारले उनलाई त्यही जन्मिएको बच्चा मान्ने बताएको छ ।

स्थानीय पञ्चाधिकारीलाई स्थानीय पत्रिकाले सोधेको छ कुनै शिशु आकाशमा जन्मियो भने त्यसको जन्मस्थान कहाँ मान्ने । जर्मनी पञ्चाधिकारले भने हाम्रो कानूनले जर्मनी आउन लागेको उडान हो भने र आकाशमा नै बच्चा जन्मिएको हो भने हाम्रो भूमिमा जन्मिएको मान्छौ । यसैले उनी बच्चा हाम्रा हुन् ।

अन्य समाचारः दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ । कारण के हुन सक्ला?

के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसंग बिजुलि निकाल्ने बिध्या छैन; हामी त्यसैले गरीब छौ।

हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छन; तर हामीलाई पर्यटन ब्यबसायको ज्ञान छैन, बिदेशीमुन्द्रा तान्नसक्ने कला छैन; हामी त्यसैले गरिब छौ।सधै भुइचालो गैरहने समुन्द्री तुफानहरुले सताइ राख्ने भुमिलाई जापनिजहरुले, एक उदाहरणीय देशको रुपमा चिनाए। हामी जहिले पनि देशको भुपरिबेष्ठितालाई दोष दिदै उम्कन खोज्छौ।

यथार्थमा हामीलाई कंगाल बनाउने हाम्रो आफ्नो अप्रगतिशील समाजिक संरचनाहो, हाम्रो आफ्नो गलत धारणा हो, हाम्रो आफ्नो कुसंस्कार हो, हाम्रो आफ्नो आलशीपन हो, हाम्रो आफ्नो दुर्गतिशील बिचारधारा हो। हाम्रो भोतिक कंगालपन हाम्रो बैचारिक कंगालपनको प्रतिबिम्ब मात्र हो।हामी यति कंगाल छौ कि आफ्ना पुर्बजहरुले कमाईदिएको अमुल्य मणिलाई, नचिनेर ढुङगा सरह ठान्छौ। त्यसको ज्वलन्त उधाहरण हो “दशा”।

गरीब देशका गरीब नागरीक हामी नेपाळिका लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहांकी आजभन्दा २५०० बर्ष अघी, यस धर्तीका एक महापुत्रले संसारलाई दुख बिनासको बाटो देखाएका थिए। ति महापुरूष बुद्ध का बाणीहरु आजपनि परिशुद्द अबस्थामा पाईन्छन्।

ईमे दुख्ख निरोध गामीनी पतिपदा।यो दुखलाई जरैबाट उखेल्ने बाटो हो। सब्बथ संबरो भिक्खु सब्ब दुख्ख पमुच्चति।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।दुख के हो जान्नु, दुखको उत्पति जान्नु, दुखको बिनास जान्नु, र दुख बिनास गर्ने बिध्या जान्नु।

शिद्दार्थ गोतम जीबनका दुखलाई देखेर ती दुखबाट छुटकारा पाउने बिध्या खोज्न हिडेका थिय। छ बर्षको खोजि पछि उहांले दुख नास गरने बाटो पत्ता लगाएको ऐलान गर्नु भयो र त्यो बाटोमा हिड्न सिकाउदै हिड्नु भयो। आज आफुलाइ बिद्वान मान्दै हिड्नेहरु, बिषयको जानकारी बिना प्रतिकृया दिन मन पराउछन्, तर बुद्धको मातृभुमिमा उहांको शिक्षाको बारेमा जान्ने मान्छेहरु नगन्य मात्रामा छन।

About admin

Check Also

पोर्चुगललाई स्तब्ध बनाउँदै सर्बिया फिफा विश्वकपमा छनोट, अब कतारमा हुने बिश्वकपमा रोनाल्डो नआउने पक्का

काठमाडौं : पोर्चुगललाई पराजित गर्दै सर्बिया सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का …

Leave a Reply

Your email address will not be published. Required fields are marked *