Monday , July 4 2022
Breaking News
Home / समाचार / रिट दर्ता गर्न सर्वोच्च पुगेका झन्डै ४० वकिलहरुलाई प्रहरीले लखेटेर माइतीघर पुर्‍यायो

रिट दर्ता गर्न सर्वोच्च पुगेका झन्डै ४० वकिलहरुलाई प्रहरीले लखेटेर माइतीघर पुर्‍यायो

काठमाडौं : बन्दी प्रत्यक्षीकरणलगायतका रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेका कानुन व्यवसायी र सर्वसाधरणलाई प्रहरीले लखेटेको छ। प्रहरीले करिब ४० जना कानुन व्यवसायीसहित सर्वसाधारणहरुलाई लखेटेर माइतीघर पुर्‍याएको छ।

अधिवक्ता स्वागत नेपालले रिट दर्ता गर्न सर्वोच्च पुगेका सेवाग्राहीहरुलाई प्रहरीले लखेटेको जानकारी दिए। उनले भने,’ झन्डै ४० जनालाई लखेटेर माइतीघरतिर पुर्‍याएको छ।’

उनीहरुले इजलास बन्द गर्न नहुने र न्यायाधीशहरुले सर्वसाधारणको समस्या बुझेर काम फर्किनुपर्ने माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आइतबारदेखि कानुन व्यवसायीहरु समेत आन्दोलित भएका छन्। उनीहरु हातमा कालो र सेतो पट्टी बाँधेर विरोधमा उत्रिएका छन्।यता केही कानुन व्यवसायीहरु भने इजलास सुचारुको माग गर्दै आन्दोलित छन्।

विवादकै बीच प्रधानन्यायाधीशले तोके १२ इजलास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबारका लागि १२ इजलास तोकेका छन्। प्रधानन्यायाधीशले आफूसहितको ४ वटा एकल इजलास र ८ वटा संयुक्त इजलास तोकेका हुन्। ती इजलासमा २४८ थान मुद्दा सुनुवाइका लागि पेश भएका छन्।

तर इजलास तोकिए पनि बस्ने/नबस्ने अन्योल भने कायमै छ। प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि इजलास प्रभावित हुँदै आएको छ। गत मंगलबारदेखि इजलास बहिष्कार गर्दै सर्वोच्चकै न्यायाधीशहरु आन्दोलित भएका छन्।

उनीहरुले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन्। यता, कानुन व्यवसायीहरु पनि जबराको राजीनामा माग गर्दै बसह बहिष्कार गरेका छन्। उनीहरुले आइतबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेका छन्। यसैक्रममा उनीहरुले हातमा कालो र सेटो पट्टी बाँधेर प्रधानन्यायाधीशविरुद्ध विरोधमा उत्रिएका छन्।

About admin

Check Also

महिनामा भारतलाई विजुली बेचेर नेपाल विद्युत प्राधिकरणले नै…. कमायो यति मोटो रकम ..!!

पाल विद्युत प्राधिकरणले गएको एक महिनामा भारतलाई १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत …

Leave a Reply

Your email address will not be published.