आज १ नोभेम्वर । विश्वमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्पूर्ण घटनाः
म्यासट्रिच्ट सन्धी
सन् १९९मा म्यासट्रिच्ट सन्धि कार्यान्वयनमा आएको थियो । सन्धीले युरोपेली देशमा युरोलाई साझा मुद्रा अंगीकार गरेको थियो । अहिले पनि युरोपेली देशमा युरो साझा मुद्रा हो ।
अमेरिकी विमानमा बि’स्फोट
सन् १९५५ मा अमेरिकी एयरलाइन्सको एउटा विमानमा शक्तिशाली ब’म बि’स्फोट भएको थियो । लगेजभित्र लुकाएर राखिएको सो टाइम ब’म बि’स्फोट हुँदा चालक दलका सदस्यसहित यात्रामा सबार सबै जनाको मृत्यु भएको थियो ।
अमेरिकाद्वार हा’इड्रो’जन ब’म परीक्षण
सन् १९५२ मा अमेरिकाले पहिलो पटक हा’इड्रो’जन ब’म परीक्षण गरेको थियो । अपरेसन इभिको एक महत्वपूर्ण अंशअन्तर्गत मार्शल टापुमा ब’म परीक्षण गरिएको थियो ।
पहिलो पटक विमानबाट ब’म ख’सालियो
सन् १९११ अगाडि बेलुन प्रयोग गरेर आकाशबाट ब’म झा’रिन्थ्यो । तर, १ नोभेम्बर १९११ देखि इटालीले विमानबाटै पहिलो पटक ब’म ख’सालेको थियो । इटाली र टर्कीको यु’द्धमा सो ब’म ख’सालिएको थियो ।
रसियाका अन्तिम सम्राट
सन् १८९४ मा निकोलस द्दितीय रसियाका अन्तिम सम्राट बनेका थिए । आफ्ना बाबु अलेक्जेन्डर तृतीयको मृत्युपछि निकोलस सम्राट बनेका थिए । सन् १९१७ मा निकोलसले राजगद्दी त्याग्न बा’ध्य भएका थिए । त्यसको एक बर्षपछि परिवारसहित उनको ह’ ‘त्या भएको थियो ।