Sunday , May 22 2022
Breaking News
Home / जीवनशैली / शरीरमा देखिएका यस्ता गम्भीर समस्याको जरा देखी उपचार गर्छ भुटेको लसुनले ! ग्यास्ट्रिकको समस्या छ भने नछुटाई पढ्नुहोला

शरीरमा देखिएका यस्ता गम्भीर समस्याको जरा देखी उपचार गर्छ भुटेको लसुनले ! ग्यास्ट्रिकको समस्या छ भने नछुटाई पढ्नुहोला

एजेन्सी । लसुन हामीले भान्सामा दैनिक प्रयोग गर्दै आएको चिज हो । यसलाई हामी तरकारी र दालमा बडी मात्रामा प्रयोग गर्ने गर्छौं । लसुन हाम्रो खानाको स्वाद बढाउन मात्र नभई हाम्रो स्वास्थ्यको लागि पनि निकै लाभदायक छ । विभिन्न अध्ययनले भुटेको लसुनले हामीलाई विभिन्न रोगहरुबाट बचाउन मद्धत गर्ने देखाएको छ ।

१) पेटको समस्या कम: हरेक दिन भुटेको लसुन खानाले हाम्रो पेटमा ग्यास भरिदैन । यसले गर्दा हामीलाई ग्यास्ट्रिक जस्तो समस्याले सताउदैन । यसले खाना पचाउन मद्धत गर्ने भएकाले कब्जियतको समस्या देखी मुक्त हुन सकिन्छ ।

२) रोग प्रतिरोधात्मक क्षमता बढ्छ: हरेक दिन भुटेको लसुन खानाले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा पाइने एन्टी ब्याक्टेरियल तत्वले विभिन्न प्रकारका ब्याक्टेरियासँग लड्न मद्धत पुर्याउँछ ।

३) चिसोबाट बचाउँछ: तातो तेलमा लसुन पड्काएर शरीरमा लगाउनाले शरीरमा चिसो छिर्न पाउदैन । यसले गर्दा हामीलाई रुघाखोकी जस्तो समस्याले सताउदैन ।

४) दाँतको दुखाइ कम: यदी तपाई दाँत दुखेर हैरान हुनुहुन्छ भने दाँत दुखेको ठाउँमा भुटेको लसुन पिसेर लगाउनुहोस । तपाईलाई यसले निकै आराम दिन्छ ।

५) रक्त चाँप नियन्त्रण: विभिन्न अध्ययनले दैनिक भुटेको लसुन खाने व्यक्तिमा रक्तचाँप सन्तुलित रुपमा रहने देखाएको छ । त्यसका साथै यसले रगतलाई सफा राख्ने काम पनि गर्छ ।

६) हर्मोन ब्यालेन्स: भुटेको लसुन पुरुषको लागी निकै लाभदायक छ । यसमा पाइने एलिसिनले पुरुषको सेक्स हर्मोन सन्तुलित रुपमा राख्न मद्धत गर्छ ।

यो पनि पढ्नुस : अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा एकचोटी अबस्य पढ्नुस अनि सेयर गर्नुस

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो भने या औषधीकै रूपमा मात्र प्रयोग गर्ने हो भने हाम्रो जीवन स्वस्थ्य रहनेछ ।

भान्छामा सहजै पाइने ज्वानो एक प्रकारको औषधी नै हो । ज्वानोलाई पेट दुखेको औषधीका रूपमा बढी चर्चा गरिन्छ । पेट दुखेको बेला ज्वानोको दाना चपाएर खाए पेट दुखेको निको हुन्छ । ज्वानोको गेडामात्र नभएर तेल, फूल र बोटबिरुवालाई समेत विभिन्न रोगमा औषधीका रूपमा प्रयोग गरिन्छ ।

मसिना किराहरूलाई घरबाट भगाउन समेत यसको प्रयोग गर्न सकिन्छ । कानको दर्द, दाँतको दुखाई र रुघाखोकी, मुटुका समस्या, जोर्नीका समस्या र नाक बन्द हुँदा समेत यो अति प्रभावकारी हुन्छ ।

हेर्नुहोस् के–के छन् ज्वानोका फाइदा : १. पेट दुखाईमा ज्वानो : ज्वानोमा रक्सीमा हुने समेत गुण भएकाले पेट दुखाईमा प्रयोग गर्दा तत्काल लाभ हुन्छ । मन तातो पानीमा अलिकति ज्वानो थोरै नुन हालेर खाएमा पेटमा भएको अपच ठिक भएर जान्छ । खानासँगै त्यत्तिकै ज्वानो खाँदा पनि फरक पर्दैन ।

२. सर्दीमा ज्वानो :सर्दी अथवा रुघाघोकीमा ज्वानो अमृततुल्य हुन्छ । १५ देखि २० दिनसम्म लगातार भुटेको ज्वानो २ ग्राम जति खाने हो भने ठिक हुन्छ । मनतातो पानीसँगै ज्वानो चपाएर खाँदा खोकीमा फाइदा गर्छ ।

३. दममा ज्वानो : दम रोग लागेकोमा ज्वानोको धुवाँ लिँदा सास फेर्न सहज बनाउँछ । ज्वानो र सखर मिलाएर दैनिक खाने हो भने दम रोगलाई निकै फाइदा पु¥याउँछ ।

४. मधुमेहमा ज्वानो : १ चियाचम्चा ज्वानोको दाना र ४ चियाचम्चा बेलपातको जुस दिनको दुईदेखि तीनचोटी खाँदा मधुमेह नियन्त्रण हुन्छ ।

५. रक्सी छुटाउन : ज्वानो प्रयोग गरेर बनाइएको ‘काँढापानी’ प्रत्येक रात सुत्नेबेला ३० मिलिलिटर करिब ५० दिनसम्म सेवन गर्ने हो भने यसले रक्सी अम्मली हटाउन सहयोग गर्छ । ६. हैजामा ज्वानो : हैजाका कारक किटाणुहरूलाई मार्नमा ज्वानो सहायक हुने भएकाले हैजामा ज्वानो सेवनको सल्लाह दिइन्छ ।

७. मिर्गौलामा हुने पत्थरीमा ज्वानोः ज्वानो, मह र चुक अमिलो सम्मिश्रण नियमित १० दिनसम्म प्रयोग गर्ने हो भने यसले मृगौलाको पत्थरीलाई गलाउन सहयोग पु-याउँछ ।

८. तौल घटाउनमा ज्वानो : ज्वानोमा पेटमा भएका धेरै रोगलाई हटाउने सामथ्र्य छ । यसले दिसा खलास बनाउँछ र तपार्इँको तौल घटाउनमा समेत सहयोग पु-याउँछ ।

९. पेट फुल्ने रोग र वायुविकारमा ज्वानो : वायुविकार र पेट फुल्ने रोगमा जादुगरी औषधी हो ज्वानो । ज्वानो उमालेर त्यसको वाफ खाने हो भने उल्लिखित रोगहरूमा धेरै नै लाभ हुन्छ ।

About admin

Check Also

पानी पिउने यस्ता नियम नियमित अपनाउनु भयाे भने सधैंका लागि हुनेछ मिर्गौला स्वस्थ, पढेर सेयर गर्नुहाेला

पानी पिउने यस्ता नियम नियमित अपनाउनु भयाे भने सधैंका लागि हुनेछ मिर्गौला स्वस्थ । आयुर्वेदमा …

Leave a Reply

Your email address will not be published.