Sunday , May 29 2022
Breaking News
Home / समाचार / १ लाख १७ हजार पर्ने स्कुटर नेपाली बजारमा, किन्ने होइन त

१ लाख १७ हजार पर्ने स्कुटर नेपाली बजारमा, किन्ने होइन त

नेपाली बजारमा नयाँ फिचरसहितको इलेक्ट्रिक स्कुटर सार्वजनिक भएको छ । सुन्दर ट्रेर्डस प्रालिले बजारमा ५ वटा मोडेलमा इभी नाम गरेको इलेक्ट्रिक स्कुटर ल्याएको हो ।

सुन्दर ट्रेर्डसका सञ्चालक भेषबहादुर थापाले अटो इन्जिनियरिङको सहयोगमा यो स्कुटर नेपाली बजारमा ल्याएको पनि उनले बताए ।

मोबाइलबाट कन्ट्रोल गर्न सकिने, जीपीएस फिट भएको, चाँबी नचाहनिे, युएसबी पोर्ट भएको, पार्किङ मोड भएको, एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म चल्ने लगायतका फिचर यसमा रहेको थापाले बताए । यसको मर्मत खर्च पनि शुन्य रहेको थापाको दाबी छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भास्करराज राजकर्णिकारले नेपालमा हाल खेर गइरहेको विद्युत् उपयोग गर्नका लागि यस्ता विद्युतीय सवारीसाधनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘कम मूल्य, यसको इञ्जिन र ब्याट्रि चार्जको हिसावले नेपालका लागि प्राविधिक रुपमा राम्रो र उपयुक्त छ,’ राज करणिकारले भने । स्कुटरको मूल्य नेपाली बजारमा १ लाख १७ हजारदेखि २ लाख २४ हजारसम्म पर्नेछ ।

About admin

Check Also

ऋणबाट मुक्त हुन घरको यो स्थानमा राख्नुहोस मयुरको प्वाँख

भगवान श्रीकृष्णले टाउकोमा सधैं मयुरको प्वाँख धारण गर्ने भएको हुनाले पनि धार्मिकतासँग मयुरको प्वाँख जोडिएको …

Leave a Reply

Your email address will not be published.